पौष २९ गते २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पोखरा, २९ पुस ।
गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्। आज तीन बजे प्रदेश सभाको बैैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन्।

उनले सरकारले छिटै नै विश्वासको मत लिएपछि अन्य प्रक्रिया अगाडि बढाउन सहज हुने बताइन्। सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ।

अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन छ। अधिकारीलाई विश्वासको मत पाउन पनि सहज छ। अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।