असाेज ८ गते २०७८
काठमाडौँबाट पोखरा आउँदै गरेको कार त्रिशूली नदीमा खस्यो
असोज ८,पोखरा ।
त्रिशुली नदीमा कार खस्दा एक जना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् ।
इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग२च ४९१८ नम्बरको कार बिहीबार राति ११ः४५ बजे अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।
उक्त कार दुर्घटनामा परी घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज०मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ । कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।