चैत्र २१ गते २०७८

गण्डकी प्रदेशको ह्याण्डवल टोलीउदयपुर प्रस्थान


पोखरा २०, चैत
गण्डकी प्रदेशको ह्याण्डवलको टोलीउदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्लाह्याण्डवल संघको आयोजनामायही चैत २१ देखि २४ गतेसम्म वेलकानगरपालिकामा संचालनहुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोलीआइतबार उदयपुर प्रस्थान गरेकोहो ।
राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमाउदयपुर प्रस्थानगर्नु पूर्व कास्कीजिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादालगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्तकार्यक्रममानेपालओलम्पिक कमिटिका उपाध्यक्षएवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले प्रशिक्षकशुभास गुरुङ सहितको टोलीलाई विधाई गर्दै आफ्नो प्रदेशको नामउचो राख्ने गरी उच्चमनोवलका साथखेल लेल्न आग्रह गरे । खेलमाजितहार भन्दापनिउत्कृष्ट खेल प्रर्दशन सहित अनुसासनमा रहनु आवश्यकभएको उनको भनाई थियो । राष्ट्रिय तथायुवा खेलाडीहरुको टोलीले प्रदेशको प्रतिनिधित्व गरेको संघका अध्यक्षचित्रथापाले बताए ।
टोलीमा राष्ट्रिय खेलाडीहरु दिनेशश्रेष्ठ, तारा केसी र पवन छन्त्याल सहित ४ जना रहेका छन्। त्यसै गरी दिपेश बुढाथोकी, निकेस गुरुङ,मनिस घर्ति, अतित गुरुङ, कुसल गुरुङ, चन्द्र केसी, सुदिप गुरुङ र सविन गुरुङ रहेका छन्। टोलीको व्यबस्थापकमाभने याम गुरुङ रहेको संघका सचिव टेक बहादुर गुरुङले जनाए । यसैचिब नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीका नवनिर्वाचितअध्यक्षदीननाथ बराललाई उक्तअवसरमाखादालगायर कार्यकालको सफलताको कामना समेत गरिएको संघले जनाएको छ । बराल ह्याण्डवल संघमा समेत आबद्ध छन्।