२९ पुष काठमाडौँ ।
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । काठमाडौंको ग्राण्डी अस्पतालमा
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो । उनका दुई छोरा र तीन छोरी छन् । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत थिए । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उहाँको निधनले वाइल्डलाइफ फोटोग्राफी क्षेत्रको एक कुशल र जुझारु फोटोग्राफर गुमाएको छ ।
सुनसरी,२३ माघ । सेनाको उपसेनानी (लेफ्टीनेण्ट)को नाममा ठगेको आरोपमा एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै...
Read More
पोखरा, १२ असारछैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा एभिनियर फुटबल क्लब डाउला विजयी भएको छ ।पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको खेलमा एभिनियर फुटबल...
Read More
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा...
Read More
२९ साउन,पोखरा हिन्दुहरुले आजको दिनसरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका...
Read More