२९ पुष काठमाडौँ ।
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । काठमाडौंको ग्राण्डी अस्पतालमा
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो । उनका दुई छोरा र तीन छोरी छन् । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत थिए । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उहाँको निधनले वाइल्डलाइफ फोटोग्राफी क्षेत्रको एक कुशल र जुझारु फोटोग्राफर गुमाएको छ ।
भदौ ४, पोखरा । क्लब क्याटवाकले निशुल्क आँखा चेकअप शिविर, रक्तदान लगाएत विविध कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष...
Read More
काठमाडौं,३० बैशाख । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११:४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लापूर्वक मत खसिरहेको छ ।...
Read More
असोज,काठमाडौंराष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ को अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा...
Read More
बैशाख ७, पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सिटिजन फर्निचरले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख अन्तिम सातामा हुने अवार्डको...
Read More