माघ ३ गते २०७९

पोखरामा यही माघ २० गते देखि मानवसेवाका लागि महायज्ञ हुँदै,

पोखरा, १ माघ ।
मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७गतेसम्म आश्रमको भवन निर्माणस्थल हेम्जास्थित बाबियातारामा बृहत महायज्ञ हुने भएको छ ।

जन्मिएर सामान्य न्युनतम मानव अधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनी,सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालनपोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ उक्त महायज्ञ हुन लागेको आश्रमका केन्द्रिय कोषाध्यक्ष तथा महायज्ञ संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

उनीहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालन पोषणका लागि कोष निर्माण गर्न जरुरी भएपछि पोखरामा श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ–२०७९गर्न लागिएको तिमिल्सिनाले बताउनुभयो।
महायज्ञमा भागवतभाष्कर कमलनयनगौतम्ज्यूले कथावाचन गर्नुहुने छ ।

मानवसेवाआश्रम विगत एक दशकदेखि सामान्यअभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवहरुको मानवोचितव्यवस्थापनका साथैऔषधोपचार र जीवन रक्षाकालागि सेवागर्दैआएको संस्थाहो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचानभएमापुनःमिलनसमेत गराउँदै आएको छ ।

महायज्ञमा नियमित रुपमाविहान सात बजेदेखि पूजाएवं पाठपारायण,११ बजे देखि ४ बजेसम्मकथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालिन भजन प्रस्तुतहुने जनाइएको छ । महायज्ञअन्तरगत२६ गते भने लक्ष्यवर्ती दीपप्रज्जवलनगरिने जनाइएको छ ।
महायज्ञमा यसरी सहयोग गर्न सकिन्छ
कुनैपनि व्यक्तिवा संस्थाले मानवसेवाआश्रमको कुनै एक शाखाको भवन (मानवीयमन्दिर) निर्माणको लागि रु एक करोड, एघार लाख १११ योगदान गरी अपार पुण्य आर्जन र सधैँकालागि अमर हुने सुवर्ण अवसर सदुपयोग गर्न सक्नुहुनेछ ।उक्त रकम योगदान गर्नुहुने महानुभावको ईच्छा बमोजिमभवनको नामाङ्करण गरिनेछ ।
उक्तभवनको कोठा निर्माणको लागि योगदान गर्ने महानुभावहरुको नाम कोठामा र अन्यदाताहरुको नामावलीशिलालेखमा राखिने छ ।
मानवसेवाआश्रमको भवननिर्माण प्रयोजनकालागिनगद रु २१ लाख११ हजार १११ योगदान गर्नुहुने महानुभावहरुको इच्छाअनुसार भोजनकक्ष र भान्साको नामाङ्करण गरिनेछ ।
मानवसेवाआश्रमको मेडिकल कक्ष निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुले रु एघार लाख ११हजार १११ योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने मेडिकल कक्षमा दाताको नाम शिलालेखमा उल्लेख गरिनेछ ।
निर्माण हुने मानवसेवाआश्रमको भवन परिसरमाबागबगैँचानिर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुको रु १५ लाख एघार हजार १११ योगदान गर्न सक्नुहुनेछ ।उक्त बगैँचामाशिलालेखमा दाता/सौजन्यकर्ताको नामावली राखिने छ ।
एक कोठा निर्माण अभियानअन्र्तगत रु पाँच लाख ११हजार १११ रकम योगदान गर्न सकिने जनाइएको छ।
देशभर निर्माण भइरहेको भवनकालागि सहयोग जुटाउन योगदान एक पटकको, स्मरण सँधैभरको अभियानअन्तर्गत एक कोठा निर्माण खर्च योगदान गर्न चाहनु हुने महानुभावहरुले रु ५ लाख ११ हजार १११ रुपैया योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण भएको कोठाको नामाङ्ककरण र समुद्घाटन दाताकै ईच्छाअनुसार हुनेछ ।
यसका साथै भान्सा, भोजन कक्ष, अतिथि गृह, मेडिकल कक्ष, थेरापीकक्ष, शौचालय, अभियन्तातथा स्वयंसेवकआवास, गार्डेन (बाग बगैंचा) लगायतनिर्माणमा योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने संरचनाको नामाङ्ककरण र समुद्घाटन दाता कै ईच्छाअनुसार हुनेछ । लक्ष्मी नारायण मन्दिर र धर्मशालानिर्माणका लागि स्इच्छाले सहयोग गर्न सकिन्छ । यस्तो छ अक्षयकोषतर्फयोगदान
अक्षयकोषतर्फ रु पाँचलाख एघार हजार १११ सहयोग उपलब्ध गराई मानवसेवाआश्रमको संरक्षणमा रहेको एक बेसहाराको आजिवनअभिभावकबन्न सक्नुहुनेछ । योगदानदातालाई बेसहाराको अभिभावक घोषण गरी सम्मानपत्रद्वारा सम्मानगरिनेछ । सहयोग रकम अक्षयकोषमा राखी व्याजबाट आएको रकममात्र बेसहाराहरुको सेवामा सदुपयोग गरिनेछ ।
मानवसेवाआश्रमको अक्षय कोष स्थापनार्थ रु दुई लाख६१ ह्जार १११ योगदान गरी मानवसेवाआश्रमको एकदिनभरको वार्षीक भोजनसेवा सादस्यताप्राप्त गर्न सकिनेछ ।
एकपटक रू एक लाख ११ हजार १११ योगदान गरी मानवसेवाआश्रमको एक समयको वार्षीकभोजनसेवा सादस्यताप्राप्त गर्न सकिनेछ । उक्त रकमबाट प्राप्तहुने ब्याजबाट उक्त शाखामा हरेक वर्ष एक समयको भोजनसेवा गराइने अश्रमले जनाएको छ ।