कार्तिक १८ गते २०८०

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी

पोखराका  फोटोग्राफरहरुको पहिचानको प्रतिक कैलाश सहकारीले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यो संस्था पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ७५ प्रतिशतको पर्यावाची कैलाश सहकारी बनेको छ भने पोखरेली फोटो ब्यावसायी भन्ने बित्तिकै कैलाश सहकारीका सदस्य हुन भन्ने बुझिन्छ । अर्थात जो कैलाशका सदस्य हुन उनीहरु मात्र पोखराका असल फोटोग्राफर तथा फोटोब्यावसायी हुन भन्ने पहिचान कैलाश सहकारी तथा त्यसै अन्तरगतको कैलाश फ्रेम, फोटो उद्योगले बनाएको छ ।

शनिवार पोखरामा सम्पन्न भएको कैलाश सहकारीको १२ औ साधारण सभामा यस्तो भनाइ आएको हो । झण्डै १३ करोड रुपयाको कारोबार रहेको यो संस्थको साधारण सभा उद्घाट्न संस्थाका जेष्ठ सदस्य जयन्द्र कुमार राजभण्डारीले गर्नु भएको थियो । उद्घाटन मन्तब्यको क्रममा राजभण्डारीले पोखराको फोटो ब्यावसायीहरुलाई आर्थिक उन्नती गर्नमा कैलाश सहकारीको भूमिका अतुलनिय भएको जानाकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष जीवन ढुड.गानाले पोखरा क्षेत्रमा फोटोग्राफरको पर्याय कैलाश सहकारी भएको जनाउनु भयो । यस्तै सल्लाहकार मदन आर्चाय, शिवहरी अधिकारी, इन्द्र प्रसाद पौडेल, बिशेष अतिथी फोटोग्राफर संघगण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायतले आफ्नो मन्तब्य राखेका थिए । कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहकारीका सात सिद्धान्त संस्थाको सञ्चालक समिति सदस्य पूर्ण कुमारी थापाले बाचन गर्नुभएको थियो भने स्वागत मन्तब्य शिक्षा संयोजक घनश्याम पौडेलले गर्नुभएको थियो  । संस्थाका उपाध्यक्ष बिनोदराज ढकालले प्रथमसत्र समापन गर्नु भएको  उक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव बिष्णुहरि अधिकारीले गर्नुभएको थियो ।

हिजो हामी फोटो ब्यावसाय गर्ने फोटोग्राफरले केही रकम ऋण माग्न बैड.कमा जादा धितो भए पनि सानो ब्यावसायका कारण २ लाख नपत्याउने गरेको यर्थातता थियो । आज यिनै फोटोग्राफर ब्यावसायीले आफ्नै सहकारी खोलेपछी अहिले सामान्यतय प्रति ब्यक्तिको माग अनुसार ४० लाख सम्मको कर्जा दिनसक्ने वा पाउने हैसियत बनाएको छ । अझ सहकारीले नै खोलेको फोटो फ्रेम उद्योगले त हिजोका हामी साना ब्यापारी आज उद्योगपती अर्थात मालिक भएका छौ , यो हुनुको मुख्य कारण नै सामुहिकता र सहकारी हो । झण्डै ९ करोड ऋण लगानी गरेको यस सहकारीले फोटोग्राफी सामाग्रीहरु तथा फोटोकपी पेपर, फोटोपेपर, पेनड्राइभ, एल्बम जस्ता आफ्ना शेयर सदस्य फोटोग्राफरले प्रयोग गर्ने हरेक खाले सामाग्री समेत बजार मुल्य भन्दा निकै सस्तोदरमा बिक्री बितरण गर्दै आएको छ । पोखरा ४ टुडाको पाटनमा आफ्नै जग्गा घरमा अफीस बिक्री कक्ष, ल्याव र नजिकै भाडामा फ्रेम उद्योग तथा फ्रेम स्टोरेज भवन बनाएको कुरा अध्यक्ष अधिकारीले जानाकारी दिनुभयो ।

पोखरा क्षेत्रमा फोटोग्राफी ब्यावसाय गर्ने ५८ महिला सदस्य र १३६ पुरुष सदस्य गरी कुल १९४ साधारण सदस्य रहेको उक्त संस्था बि स. २०६८ मा स्थापना भएको हो । यो पोखरा क्षेत्रमा कार्यरत बिसुद्ध फोटोग्राफर ब्यावसायीको बित्तिय संस्था हो । यस सहकारीले फोटोग्राफरहरुको हित,आर्थिक उन्नती र ब्यापारिक प्रगतीका लागि २०७० बाट फोटोफ्रेम उद्योग समेत स्थापना गरेर सञ्चालन गर्दै आएको छ । झण्डै डेड करोड लगानीमा सञ्चालन भैरहेको फ्रेम उद्योग लगायत, बिभिन्न साइजका फोटो प्रिन्ट गर्ने कलर ल्याव, फ्याक्स प्रिन्ट र अन्य धेरै फोटोग्राफी ब्यावसायलाई चाहिने सामाग्रीको उत्पादन र सेवा दिदै आएको छ । सहकारी र उद्योग गरेर ३७ जनालाई रोजगारी दिएको यस संस्थाले पोखरा क्षेत्र लगायत तनहू, स्याड.जा, पर्वत, बाग्लुड. लगायतका छिमेकी जिल्लाहरुमा समेत ब्यापार बिस्तार गरिरहेको छ ।