फागुन २५ गते २०७८

११२औं विश्व नारी दिवसमा अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण

तुलसी राम सुवेदी,पोखरा,२४ फाल्गुण

पोखरा फोटोग्राफर संघ महिला उपसमितिको आयोजनामा ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखराको लामाचौर स्थित ओम शिवशक्ति कल्याणी बालआश्रमका १३ जना अनाथ बालबालिकाहरुलाई स्टेसनरी तथा खाधान्न सामाग्री सहयोग हस्तान्तरण गरी सम्पन्न भयो ।

हरेक बर्ष हरितालिका तिजको उपलक्ष्यमा पोखराका फोटोग्राफरहरुले आफ्नो दरखाने कार्यक्रममा सहयोग पेटिकाको स्थापना गरि सो पेटीकामा जम्मा भएको रकमलाई पुन्य काममा प्रयोग गर्दै आईरहेको मा यस बर्ष कोभिड माहामारीले गर्दा समयमा बितरण गर्न नसकिएको र अहिले बिशेष गरि महिला दिवस कै अवसरमा प्रदान गर्न पाउंदा खुशी पनि लागेको महिला उपसमितिकी संयोजक शान्ती सुवेदीले जानाकारी दिईन ।

सहयोग बापत दिईएको रकम मध्ये पोखरा फोटोग्राफर संघ महिला उपसमितिको सहयोग पेटीका कोषको रकम बाट सहयोग गरिएको थियो । सो सहयोग पेटीकामा संस्थाका सदस्यहरु कै सहयोग र बिबाह ब्रतबन्ध जस्ता शुभकार्यहरुमा सदस्यहरुबाट सहयोग रकम जम्मा हुदै आएको र यसै गरि हरेक बर्ष सहयोग दिदै आएको पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी ले बताए ।

पोखरा फोटोग्राफर संघ पोखरा नेपाल एक ब्यवसायीक संस्था भएता पनि बेलाबेलामा यस किसीमका सामाजिक दायित्वहरुलाई समेत आत्मसाथ गर्दै लैजाने गरिएकोे अध्यक्ष तिवारी ले बताए ।

बालआश्राममा देशका बिभिन्न स्थानका १३ जना अनाथ बालबालिका रहेको र यसैगरि बिभिन्न ब्यक्ति तथा संघ संस्थाको सहयोगमा बालआश्रम चल्दै आएको आश्रमकी संचालक कुमारी भवानी थापाले बताईन । साथै उनले अहिले पोखराफोटोग्राफर संघका दिदीबहिनीहरुले विश्व नारी दिवसको अवसरमा आश्रमका बाबुनानीहरुको लागि अत्यावश्यक स्टेसनरी लगायत खाधान्न सामाग्री सहयोग गरिदिनु भएकोमा आभार ब्यक्त गरिन ।

कार्यक्रममा संस्थाका संरक्षक गणेश छवि,निर्वतमान अध्यक्ष रबिनाथ दाहाल, पुर्व अध्यक्ष तुलसीराम सुवेदी, कल्याणी बाल आश्रमकी केन्दिय महासचिव भगवती खत्री, पोखरा फोटोग्राफर संघ महिला उपसमितिका पुर्व संयोजकहरु तिर्थ श्रेष्ठ,ईन्दिरा शर्मा, पुर्ण कुमारी थापा लगायत ले आआफ्नो धारणा राखेका थिए ।

उपसमिति संयोजक शान्ति सुवेदीको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन उपसमितिकी सचिव देवु जलारीले गरेकी थिईन भने स्वागत मन्तब्य महिला उपसमितिकी सहसंयोजक रिता पौडेल ले गरेकी थिईन ।