मंसिर २१ गते २०८१

शैलुङडाँडा

दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित सामुद्रिक सतहबाट ३२२५ मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब १०० वटा स(साना थुम्काहरूबाट बनेको झट्ट हेर्दा धानको थुप्रो जस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान सैलुङडाँडाबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर, सगरमाथा लगायतका सुन्दर हिमालका दृश्यको साथै प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यो डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब ३६० डिग्रीको कोणमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।
शैलुङको थुम्काहरुमा पुषदेखि फागुनसम्म हिमपात समेत हुने भएकोले पर्यटकलाई थप आकर्षण गर्न सक्ने स्थानिय बताउछन् । अहिले शैलुङ क्षेत्रमा विशाल बुद्धको मूर्ति निर्माण, भ्यु टावर निमार्ण लगायतका काम समेत भै रहेको छ । शैलुङ घुम्न जानेले कालापानी, खोलाखर्क, ढुङ्गे र बाघखोरमा रहेको होटलहरुमा बस्न सक्ने स्थानिय बताउछन् ।
शैलुङमा पुग्न दोलखा र सिन्धुपाल्चोकको सिमाना मुडेबाट गाडीमा २० किलोमिटर गएर कालिपानी पुगेपछि आधाघण्टा पैदल जानुपर्छ भने दोलखा सदरमुकाम चरिकोटबाट महाङ्काल, मागापौवा, बाघखोर हुदै गाडिबाट ३२ किलोमीटर गएपछि कालापानी हुदै आधा घण्टा पैदल यात्रामा शैलुङ पुग्न सकिन्छ ।