असार ३१ गते २०७९

बालविकास केन्द्रका शिक्षकहरुलाई पुनर्ताजगी तालिम सम्पन्न


पोखरा ।

बालविकास केन्द्रको परिमार्जित पाठ्यक्रम तथा समसामयिक शैक्षिक सामग्री निर्माण गर्ने उद्धेश्यले बालविकास सहजकर्ताहरुका लागि ३ दिने प्रारम्भिक पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ति नेपालद्धारा कास्की जिल्लामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको आयोजनामा अषाढ २७ देखि २९ सम्म संचालन भएको थियो ।
उक्त तालिममा एकीकृत सामुदायिक विकास परियोजना लागु भएका विद्यालयहरु मध्ये मादी गाउँपालिकाबाट ११, माछापुच्छ«े गाउँपालिकाबाट ७ र अन्नपूर्ण गाउपालिकाबाट ३ गरी २१ बालविकास केन्द्रका सहजकर्ताहरुको सहभागीता रहेको थियो ।
बालविकास केन्द्रको परिमार्जित पाठ्यक्रम, प्रारम्भिक साक्षरता सीपका सिकाइ क्षेत्र तथा क्रियाकलापहरु बारे पुनर्ताजगि, समसामयिक शैक्षिक सामग्री निर्माण तथा अलवम्वन, वालविकास सम्वन्धी नेपाल सरकारद्धारा परिमार्जित नीतिहरु माथी छलफल लगायत आधुनिक प्रविधीबाट वालविकास केन्द्रमा शिक्षण सिकाई सम्पन्न गरिएको छ ।
तालिमको समापन कार्यक्रमको अध्यक्षता गर्दै नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष बद्रीविनोद खनाल (प्रतिक) ले शिक्षण पेशा अत्यन्तै पवित्र तथा सम्मान र आदर प्राप्त गर्ने पेशा भएको वताए ।
त्यस्तै गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक मनकुमार राईले तालिम पश्चात बालविकास केन्द्र भनेको परिवार, समुदाय तथा सिंगो देशको भविष्य निर्माणमा निर्णायक भुमिका खेल्ने वताए ।
सेतो गुँरास बालविकास केन्द्र, बाग्लुङका सहजकर्ता पम्फा खड्काले दातृ निकाय, आयोजक र सहभागीहरु प्रति सहकार्यका लागि कृतज्ञता व्यक्त गर्दै तालिम भनेको छोटो अवधिमा धेरै कुराहरुको लागी अभ्यास तथा मनन गर्ने माध्याम भएको वताउनु भयो ।
तालिमका सहभागीहरु पुष्पा देवकोटाले पुनर्ताजगी तालिम अत्यन्तै फलदायी रहेको, नयाँनयाँ विषय वस्तुको जानकारी आदान प्रदान भएको वताउँदै अध्यावधिक सीपहरुलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भई लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक महेश विश्वकर्माले तालिमको सम्पुर्ण व्यवस्थापन, उद्घाटन तथा समापन लगायत दैनिक अनुगमन, प्रतिवेदन, पुनरावलोकन गर्दै सहकार्यको औचित्य सिकाईको कार्यन्वयनमा भरपर्ने वताए ।