भाद्र २५ गते २०७६
उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी
भदौ २५, २०७६ काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ।
‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भने, ‘यो काम फत्ते गर्ने जिम्मेवारी महासचिव कमरेड विष्णु पौडेललाई दिइएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि पुन: दल दर्ताको काम फत्ते गर्ने जिम्मा पौडेललाई दिने निर्णय गरेको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिंगापुर भ्रमणका कारण २० दिनपछि मात्र नेकपा सचिवालय बैठक बसेको हो।