माघ १८ गते २०७७
ओली पक्षको जनसभा २३ माघमा
काठमाण्डौ, १८ माघ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गरिने टुंगो लागेको छ । कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।
वागमती कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नारायणहिटीको गेटअघि मञ्च बनाएर कार्यक्रम गरिने बताए । उनले नेपालप्रेससँग भने, ‘अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले हामीले नारायणहिटी अगाडिको सडकलाई रोजेका हौं । नारायणहिटीदेखि घण्टाघरसम्मको सडकमा सभा हुनेछ ।’कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्ने जानकारी दिए ।