श्रावण ३० गते २०७८

शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

पोखरा,३० साउन । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना ९८,६६७ पीसीआर र ४,९०६० परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शनिबार २० जनाले ज्यान गुमाएका छन् भने १३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकमा ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।