श्रावण १६ गते २०८२

पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघको चाडपर्व लक्षित उपहार कुपन

पोखरा १४, साउन
पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघको चाडपर्व लक्षित उपहार कुपन योजना २०८२ ल्याएको छ । संघले आज पोखरामा पत्रकार सम्मेलन गरी सामान खरिदमा उपहार कुपन दिने वताएको हो ।

मोवाइल तथा इलेक्ट्रनिक्स सामान खरिदको साथमा वाइक स्कूटर हातमा भन्ने नाराको साथमा सो कुपन योजना ल्याएको अध्यक्ष चिन्तामणि खरेलले जानकारी दिएका छन् ।

सो योजना साउन १५ गतेदेखि पुस १५ गतेसम्म करिव ५ महिनासम्म रहने उनले वताए । यो अवधिका करिव ३ लाख कुपन वितरण गरिने उनले वताए ।

कुपन अन्तर्गत ५ सय ६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने र १ सय ५ जनाले विशेष उपहार प्राप्त गर्ने संस्थाका महासचिव रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।