पौष २७ गते २०७७
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी, पदाधिकारी सहित सदस्यहरुमा पनि कोईराला समूहकै बर्चश्व
कमल पौडेल अथक
पोखरा २७, पुष
पोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशनवाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिष्पर्धी विन्दु कोईराला सुवेदीलाई पराजित गर्दै कोइराला विजयी भएका हुन् । कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका छन् ।
यसअघि नै संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन कुमार प्रजापति निर्विरोध निर्वाचित भएका थिए ।
उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की एक हजार ३२७ मतका साथ विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार कार्की र कोइराला प्यानलबाट चिनुकमारी गुरुङ चुनावी मैदानमा थिइन् । गुरुङले एक हजार १४ मत प्राप्त गरि पराजित भएकी छन् ।
त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल एक हजार २४४ मतका साथ विजयी भएका छन् । सुवेदी प्यानलबाट प्रतिष्पर्धामा रहेका सोवित पौडेलले एक हजार ९६ मत प्राप्त गरी पराजित भएका छन् ।
महासचिवमा कोइराला प्यानलबाट निवर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे एक हजार ५१४ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी सुवेदी प्यानलका धनीराम बरालले ८२८ मत प्राप्त गरी पराजित भएका छन् । कोषाध्यक्षमा कोइराला प्यानलबाट निवर्तमान सदस्य बलराम आचार्य १ हजार २६५ मतका साथ विजयी विजयी भएका छन् । उनका प्रतिष्पर्धी सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगानाले एक हजार १७ मत प्राप्त गरी पराजित भएका छन् ।
उपमहासचिव पदमा केशबबहादुर खत्री भएका छन् । नारायण कोइराला प्यानलबाट उपमहासचिव पदको उम्मेदवार बनेका खत्रीले सुवेदी प्यानलका धर्मराज बर्तौलालाई पराजित गरेका हुन् । खत्रीले एक हजार ३२३ मत प्राप्त गरी विजयी हुँदा बर्तौलाले एक हजार १३ मत प्राप्त गरी पराजित भएका छन् ।
खुला सदस्य पदमा शोभा गौतम एक हजार ७००, देवेन्द्र केसी एक हजार ६८५, कुमारी मुना बाँस्तोला एक हजार ६२६, उत्तममान वुद्दाचार्य एक हजार ५९७, सुदीप प्रधानांग एक हजार ४१४ मत सहित विजयी भएका छन् ।
त्यसैगरी हरिराज पन्त एक हजार ३८८, भरत केसी एक हजार ३ सय, दिनेशचन्द्र बाँस्तोला एक हजार २८३, सुदनबहादुर कोइराला एक हजार २७९ र पवित्रा गुरुङ एक हजार २४१ मत ल्याइ विजयी भएका छन् । खुला सदस्यमा विजयी पवित्रा गुरुङ बाहेक नौजना कोइराला प्यानलबाट विजयी भएका हुन् ।
संघको सदस्य पदमा वस्तुगततर्फ ४ जना विजयी भएका छन् । यसरी बिजयी हुनेमा बालकृष्ण कोइराला, राजेन्द्र गोङगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल रहेका छन् । गोङगजुले १८, कोइरालाले १६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै तिमिल्सिना र भुजेल गोला प्रथा बाट विजयी भएका हुन् । जम्मा २९ मत रहेको वस्तुगत तर्फ ८ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी निर्विरोध चयन भएका थिए ।
यस्तै स्वतन्त्र उमेद्वारी दिएका हीरामणि पण्डित पनि सदस्यमा निर्विरोध चयन भएका थिए । कुल २ हजार ९४० मतदाता रहेको निर्वाचनमा २ हजार ३ सय ६५ मत अर्थात् ७४।९८ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यहरुमा कोइराला प्यानलको बर्चश्व रहेको छ । अध्यक्षमा विजयी नारायण कोईराला यसअघि संघको वरिष्ट उपाध्यक्ष थिए भने पराजित सुवेदी उपाध्यक्ष रहेकी थिइन् ।