असार १ गते २०७८
भारी वर्षाको कारण खतराको साइरन बजाइयो
काठमाडौं, ०१ असार । लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुव साइरन बजाइएको हो। २४ घण्टामा १४० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई खतराको संकेत मानिने उनले बताए । ढकालका अनुसार बन्दीपुरमा पछिल्लो २४ घण्टामा १४३, लुम्लेमा १७६, घोरेपानीमा १७७ र चितीमा १५१ मिलिमिटर वर्षा भएको थियो। बिहान साढे नौ बजेसम्म बन्दीपुरमा ९३।५ मिलिमिटर मात्र वर्षा भएको थियो। थप वर्षा हुँदा त्यो क्षेत्र पनि जोखिममा परेको उनले बताए । पोखरामा पनि पछिल्लो २४ घण्टामा १४३ मिलिमिटर वर्षा भएको छ।