श्रावण १२ गते २०८०

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

काठमाडौं
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् । आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो । आरोहणका लागि सबैभन्दा कठिन मध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अवतरणबारे पनि अपडेट दिने बताएकी छन् ।
पुर्णिमाले यस अघि नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।