भाद्र ५ गते २०७८

कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

काठमाडौं,५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् । शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् ।

उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा।प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन थापाको आग्रह छ ।