भाद्र २६ गते २०७८
वेष्ट इन्डिजका चन्द्रपल हेमराजले विराटनगरबाट ईपीएल खेल्ने
काठमाडौं, भदौ २६ । वेष्टइन्डिजका अलराउण्डर चन्द्रपल हेमराजले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेट खेल्ने भएका छन् ।
आगामी असोजमा हुने ईपीएलका लागि विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा शनिबार हेमराजलाई अनुबन्ध गरेको गरेको छ । विराटनगरले यसअघि जिम्बाव्वेका सिकन्दर राजा र क्यानडाका रेयानखान पठानलाई अनुबन्ध गरिसकेको छ ।गुयानाका २८ वर्षीय हेमराज ब्याटिङ अलराउण्डर हुन् । बायाँ हाते ब्याट्सम्यान हेमराजले वेष्टइन्डिजका लागि ६ ओडीआई म्याच खेलेका छन् । उनले सन् २०१८ मा भारतविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए ।
उनले क्यारेबियन प्रिमियर लिगमा गुयाना अमेजन वारियर्सबाट ओपनरको रुपमा खेल्दै आएका छन् ।
चौथो संस्करणको बजाज पल्सर ईपिएल आगामी असोज ९ देखि २३ ९सेप्टेम्बर २५ देखि अक्टोवर ९० सम्म कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा हुँदै छ ।