श्रावण ३ गते २०८१
स्थापना दिवसमा रक्तदान
साउन २ गते २०८१
पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा संस्थाका कोषाध्यक्ष नन्दकला पौडेलले बताउनु भयो ।
पोखराको मानवअधिकार चोकमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा संघमा आबद्ध सदस्य र अन्य गरी जम्मा ५४ जनाले रक्तदान गरेका हुन भने सहयोगी संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था रहेको कुरा रक्तदान कार्यक्रमका संयोजक हरिशरण ढुंगानाले बताउनु भयो पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका केन्द्रिय उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले रक्तदाता बिजय पहारी लाई ब्लडब्याग हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि पौडेलले मानब जिवन लाई दैनिक चलायमान बनाउनका लागी आबश्यक पर्ने रगत दान गरेर समाजमा पुन्य कार्य गर्ने सबै लाई धन्यबाद दिंदै नेपाल फोटोग्राफर महासंघले पनि आगामी दिनमा जिल्ला संघहरु संग सहकार्य गर्दै बिभिन्न खालका सामाजिक कार्य योजनाका साथै फोटोग्राफी ब्यबसायी हरुको लागी आबश्यक पर्ने नितीहरु बनाउने र सबैे जिल्लामा पुरयाउने बताउनु भयो ।
खुल्ला रक्तदान कार्यक्रमका अबसरमा पोखरा फोटोग्राफर संघ पोखराका आजिवन सदस्य तथा कैलाश बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका संयोजक परशुराम शर्माले पोखरा फोटोे ग्राफर संघमा आबद्ध सबै सदस्य हरुको आपसी सहकार्यमा महत्वपूर्ण भुमिका सहित कामगर्दै समाज रुपान्तरणका लागी खेलेको भुमिकाले समाजमा सकरात्मक सोंचको बिकास हुँदै गएको र ब्यबसायिक हकहितका लागी संघमा आवद्ध सदस्य हरुको सहकार्यमै सहकारी संस्थाको समेत स्थापना भई बचत संकलन लगाएतका कार्यले ब्यबसाय सञ्चालनमा समेत टेवा पुगेको हुँदा दुबै संस्थाबिच बलियो सम्बन्ध स्थापित गर्दै अघि बढनु पर्ने बताउनु भयो ।
स्थापना दिवस तथा रक्तदान कार्यक्रमका अबसरमा सञ्चालन गरिएको सो कार्यक्रममा सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष सिमा कोईराला , रक्तदाताको तर्फ वाट विजय पहारी, संस्थाका पूर्व अध्यक्ष जयन्द्र राजभण्डारी , संस्थाका पूर्व अध्यक्ष तुलसीराम सुवेदी, संस्थाका पूर्व अध्यक्ष रविनाथ दाहाल , निवर्तमान अध्यक्ष जनकराज तिवारी ,संस्थाका संरक्षक गणेश छवि, महिला उप समितिका संयोजक रिता पौडेल लगाएतका वक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
पोखरा फोटोग्राफर संघको ४३ औं स्थापनिा दिवसका अबसरमा भएको खुल्ला रक्तदान कार्यक्रममा समेत गरी ६६ पटक रक्तदान गर्नु भएका पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवि र ५४ औं पटक रक्तदान गर्नुभएका संघका आजिवन सदस्य टिकाराम पराजुली लाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सर्कल प्रादेशिक कार्यालय गण्डकीको प्रबिधिक सहयोगमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रम संस्था का कार्य समिति सदस्य हरिशरण ढुंगाना कार्यक्रम संयोजक, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो भने संघका सचिब देवानन्द पोख्रेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।