वैशाख ४ गते २०८१

दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

पोखरा, ३ बैशाख ।१२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्तर्गत सोमवार प्रकाशदुतराजका प्रस्तुतिहरुमादर्शकमन्त्रमुग्धभए ।
उनले त्यहाँदर्जन गीतगाएजसमादर्शकहरुले पनितालमाताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे ।दुतराजले गीतगाउनथालेसँगै स्टेज वरीवरीहवार्रदर्शक भरिए ।बढी मात्रामायुवा पिढीकादर्शकले उनलाई साथदिए ।दर्शककोअत्याधिक साथपाएकादुतराजले घरीघरी माइकआफूले गाउन छाडेर दर्शकतिरै सोझयाए ।
सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नामलिएर, देउरालीमाधजा रिमै मन उत्तै नजा, जामभो माइली, सानु दाई, मन भुल्छ लगायतकागीतमहोत्सवमाउनले प्रस्तुत गरे।सयौं दर्शकले हातको इसारालेउनलाई दर्शक दीर्घ मै बोलाए ।केहीदर्शक स्टेजमै पुगेरदुतराजसँगै नाँचे पनि ।
यताआयोजक विष्णुपादुका क्लवले पनि केहीदिन अघिदेखि नै दुतराजको आगमनलाई प्राथमिकता दिई प्रचारप्रसार गरिरहेको नैथियो ।जसअनुसार नै सोमवार करिव ७हजार दर्शकले महोत्सवअवलोकन गरे ।कतिपयदर्शकले दुतराजका प्रस्तुतिलाई ‘वान्स् मोर्’ समेत भने ।
महोत्सवमा सोमवारकलाकारहरु पुरुषोत्तमन्यौपाने,माया गुरुङ, कृष्ण अखेली, प्रिन्स लम्साल, वसन्तीथापा, पूर्णकलाविसी, कोरश व्याण्ड, दैविक व्याण्डलगायतका प्रस्तुतिहरु रहे।सोमवार दिनभर जसो महोत्सवगीतसंगीतमयबन्यो ।त्यस्तैमंगलवारमहोत्सवमाकलाकारश्याम राना, केशव देवकोटा, सुरेशरमण अधिकारी, सरिता सारु, सुभद्राश्रेष्ठ, कृष्ण गुरुङलगायतलक्ष्य व्याण्डका प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।
आइतवारसम्म ५५हजार दर्शक बढीले महोत्सवअवलोकन गरेकोमा २ हजार ९ सय ८ घरपरिवारले आलु खरिद गरी लगेको कृषिउपजव्यवस्थापनउपसमितिका संयोजक जयरामतिम्सिनाले जानकारी दिए ।उनले हालसम्म२९लाख बढीको आलु कारोवार भएको पनिबताए।
महोत्सवमाआलु लगायतअन्य सामग्री समेत गरी आइतवारसम्मकरिव ३ करोडको कारोवारभएको मूलआयोजक समितिकामहासचिववसन्तकुमारश्रेष्ठको भनाई छ ।
महोत्सवको आकर्षणका रुपमाआलु तथाताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुकाविभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धीविविध सांस्कृतिककार्यक्रम, कृषिझाँकीप्रदर्शनी, कृषि विज्ञ र किसानबीचअन्तक्र्रिया, विभिन्न कृषिउपज, बिउबिजनतथाअन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मानतथा पुरस्कार, रत्यौलीतथाभजनगीतप्रतियोगिता, हास्यव्यङग्यएवम् लाइभपप कन्सर्ट लगायत रहेका छन्।
बुधवार एक कार्यक्रमकाबीचमहोत्सव सकिने छ ।