कार्तिक ३ गते २०८०
पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान
पोखरा
कार्तिक ३ गते
पोखरा फोटोग्राफर संघले आफनो संस्थाका सदस्यहरुलाई बिजया दशमी तथा दिपावली र आउदै गरेका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । बिहिबार संस्थाको आफ्नै भवन पोखरा ४ स्थित टुढाकोपाटनमा संस्थासग अबद्ध सदस्यहरु बिच शुभकामना आदनप्रदान गरिएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष बलराम शर्माले नेपालीको महान चाडहरुले हामी ब्यावसायीक साथीहरुमा पनि एकता र ब्यावसायीक क्षमता बिकासमा लाग्नु पर्ने कुरा ब्यक्त गर्दै वर्तमान अवस्थामा देखिएको आर्थिक असहजताका बाबजुत पनि संस्थागत बिकासमा लाग्नु पर्ने बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक गणेश छवी, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु लगायत संस्थाका पदाधिकारी तथा सदस्य एवं अन्य सदस्यहरु र महिला उपसमिती सदस्य बिच एक आपसमा शुभकामना आदनप्रदान गरेका थिए । संस्थाका सचिव देवानन्द पोख्रेलले सञ्चालन गरेको सो कार्यक्रम संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्ष्यतामा भएको थियो ।
पोखरा फोटोग्राफर संघ ४२ वर्ष अगाडी बिसं २०३९ मा स्थापना भएको ब्यावसायिक संस्था हो र यसले पोखरा लगायत कास्की जिल्लामा फोटोग्राफी ब्यावसाय सञ्चालन गर्ने दुई सय फोटोग्राफरहरुको साझा संस्था हो ।