मंसिर २४ गते २०८०
पोखरामा १६ जना जेष्ठ नागरिकलाई सम्मान
कमल पौडेल अथक
पोखरा, २३ मंसिर
ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले पोखरामा १६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाले जनाएको छ । उनीहरुलाई संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठ र प्रदेशसभा सदस्य विन्दुकुमार थापाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा ज्येष्ठ नागरिक आवाज अंक १० विमोचन समेत गरिएको छ ।
कार्यक्रममा वोल्ने वक्ताहरुले ज्येष्ठ नगारिकहरुको लागि छुट्टै अस्पताल आवस्यक रहेको वताएका छन् । ज्येष्ठ नागरिकहरु विरामी हुँदा अव छुट्टै अस्पतालको खाँचो छ उनीहरुले भने ।
सो अवसरमा वोल्दै प्रदेश सभा सदस्य थापाले ज्येष्ठ नागरिकको कल्याणको लागि आफुले सक्दो सहयोग गर्ने वताए । उनले ज्येष्ठ नागरिकका आवस्यकता बारे राज्यले सोच्नु पर्ने बेला आएको वताए ।
संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद ढकाल, सदस्यहरु त्रिभुवन शर्मा, पद्यमा गौतम र महासचिव विष्णुप्रसाद पौडेल, सचिव इच्छावहादुर वाग्ले लगायतले आ आफ्ना भनाइ राखेका थिए ।
संस्थाले सय वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा भने घरमा नै पुगेर सम्मान गर्दै आएको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिएका छन् ।