भाद्र ९ गते २०७९

स्याङ्जालीको रक्तदानमा ३३ प्वाइन्ट रगत संकलन


पोखरा ९, भदौ
कमल पौडेल अथक
स्याङ्जाली सम्पर्क सदन पोखराद्वारा विहीवार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको छ । सदनले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक जगतवन्धु पोखरेलले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता एवं कार्यक्रम संयोजक जगतवन्धु पोखरेललाई व्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । । सदनका अध्यक्ष तारा गौतम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, सल्लाहकार प्रा।डा। दिलबहादुर क्षत्री, प्रा।डा। ज्ञानबहादुर कार्की, महेन्द्रप्रकाश पौडेल, श्यामप्रसाद रेग्मी, निवर्तमान अध्यक्ष लीलाप्रसाद पंगेनी, सराङकोट सहकारीका अध्यक्ष कृष्ण थापा, वरिष्ठ उपाध्यक्ष धर्मराज अर्याल, महासचिव शिव बहादुर थापा, नेत्र ढकाल, सचिव रुक्मांगत भण्डारी लगायतले रक्तदानको महत्वको वारेमा बोलेका थिए ।