असाेज २४ गते २०७९

कास्की गठवन्धमा टिकटको विषयलाई लिएर चरम असन्तुष्टि


कमल पौडेल अथक
पोखरा २४, असोज
कास्कीमा गठवन्धले टिकट नमिलाएको भन्दै अधिकांश कार्यकर्ताको चरम असन्तुष्टि वढेको छ । कास्की कांग्रेस पार्टी कार्यालयमा आइतवार मनोनय दर्ता गर्नको लागि उपस्थित कांग्रेसीहरुको न्युन उपस्थितिले नै असन्तुष्टि सम्वोधन गरेको हो । कास्की कांग्रेस सभापति किशोरदत्त वरालले अन्य आकाक्षीलाई पाखा लगाउँदै आफै टिकट लिएर आएपछि कास्की कांग्रेसको असन्तुष्टि भूसको आगो सरी फैलिएको छ ।
बराल कास्की कांग्रेसको सभापतिमा निर्वाचित भएपछि राम्रो सँग बैठक समेत वस्न सकेको छैन । सुरुका पहिलो वैठक त कोरम नै नपुगेर स्थगित भएको थियो । दोश्रो बैठकमा पनि कोरम नपुगेपछि करिव ७ घण्टा लगाएर सदस्य ओसारेर बैठकमा गणपुरक संख्या पुर्याएको कास्की कांग्रेस कै एक जिम्मेवार कार्यकर्ताले वताए ।
उनले भने पूजामा कुशको औंठी लगाएर वसेका सदस्यलाई ओसारेर कोरम पुर्याएका थिए । सोही बेलुका बैठकमा कोरम पुर्याएको उपलक्ष्यमा पोखराको एक होटलमा भोज समेत खाएको उनले वताए ।
सभापति बरालले पार्टीको विधान विपरितका कार्यकर्ता जिल्ला सदस्यमा मनोनयन गरेपछि उनी विरुद्ध पदाधिकारी र सदस्यहरु नै लागेको ती नेताले वताए । नीति कार्यक्रमको कुरा त परै जाओस् कास्की कांग्रेसको बैठक संञ्चालनमा समेत असफल बरालले अरु आकांक्षीलाई उछिनेर संघीय सांसदको टिकट आफैले ल्याएपछि कास्की कांग्रेसमा चरम असन्तुटि छताछुल्ल भएको छ । फल स्वरुप मनोनयन दर्ता गर्दा कार्यकर्ताहरुको सहभागिता नै निराशा जनक देखिएको छ ।
यसअघि पार्टी सभपति भएपछि अहिले प्रदेश र संघको टिकट लिन्न भन्ने घोषणा गरिसकेका वरालले केन्द्रमा नेताको दैलो ढुकेर आफै टिकट लिएर आएपछि उनी माथि कास्कीका कांग्रेसीहरु खनिएका छन् । उनले माथिको टिकट आफूले नलिने भनेर घोषणा गरेका थिए आफै टिकट वोकेर आए उनको नियत थाहा भो पार्टी कार्यालयमा भेटिएका पुराना कांग्रेस नेता कार्यकर्ताहरुले भने ।
यसैबीच पार्टीको टिकट लिएर कांग्रेस पार्टी कार्यालय कास्कीमा आइतवार पुगेका वराललाई केहीले मात्र शुभकामना भने । उनलाई अविर र खादा लगाईदिने मान्छे त्यहाँ भएनन् । उनी त्यहाँ उपस्थित झिनो कार्यकर्ताको माझमा गएर आफै आसिवार्द लिन पर्ने अवस्था सृजना भएको भयो ।
पार्टी कार्यालय भित्रै प्रदेशमा टिकट लिएर आएका निवर्तमान प्रदेशका कानून मन्त्री विन्दुकुमार थापालाई पोखराका केही व्यापारीले खादा र अविर लगाएर रंगाउँदा बरालको निधार र घाँटी खाली नै रह्यो । उनी कांग्रेस पार्टी कार्यालयमा थापा सँगै फोटो खिचाउन अगाडि उभिए । त्यसैवेला उनको चर्तिकला नियालेका कांग्रेसीहरुले भन्दै थिए । विचरा टिकट ल्याएका सभापतिलाई खादा र अविर लगाईदिने कोहो भएन । बरु विन्दु थापाले नै आफ्नो घाँटीको खादा झिकेर लगाईदिएका थिए । यतिवेला कांग्रेसका केही कार्यकर्ताहरुले कास्की कांग्रेस सभापति किशोरदत्त वरालको सामाजिक सञ्जाल मार्फत राजिनामा माग गरेका छन् भने कसैले उनी विरुद्ध स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।
यसैबीच कास्की ३ मा माओवादीका निवर्तमान प्रदेश अर्थमन्त्री रामजी वराललाई संघीय सांसदको टिकट दिएको भन्दै माओवादी भित्र पनि चरम असन्तुष्टि वढेको छ । कांग्रेसलाई नै छाड्नु पर्ने सिट वराल आफूले ल्याएको भन्दै माओवादीमा असन्तुष्टि बढेको हो । क्षेत्र नं ३ को संघीय संसद जित्न माओवादीलाई कठिन हुने भन्दै माओवादीका अधिकांश नेता कार्यकर्ताहरुले सो ठाउँ कांग्रेसलाई नै दिएर प्रदेश लिनु पर्ने बताएका थिए । अन्ततः रामजीले नै संघीय संसदको उमेद्वारी दर्ता गरे ।