असाेज १ गते २०७९

पोखराकी १०७ वर्षीया ज्येष्ठ नागरिक आफ्नै घरमा सम्मानित


कमल पौडेल अथक
पोखरा १, असोज
पोखरामा १०७ वर्षीया ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले उनलाई घर मै पुगेर सम्मान गरेको हो । सम्मानित हुने ज्येष्ठ नागरिक पोखरा १९ पुरञ्चौर तल्लाकोट निवासी वालुदेबी ढुंगाना रहेको समाजका उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिएका छन् ।
उनलाई पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे र समाजका अध्यक्ष भक्तराज श्रेष्ठले अविर माला दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । १ सय वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घर मै गएर सम्मान गर्ने संस्थाको नियम अनुसार यसरी सम्मानित हुने ढुंगाना १५ औं नम्वरमा रहेकी छन् ।

यसअघि एक साता पहिले संस्थाले काडमाण्डौ पुगेर वरिष्ठ संस्कृतिकर्मी १०३ बर्षीय सत्यमोहन जोशीलाई उनकै घर आँगनमा पुगेर सम्मान गरेको उपाध्यक्ष ढकालले जानकारी दिएका छन् ।