भाद्र १२ गते २०७९

लेखकीय स्वतन्त्रता अहिलेको आवस्यकताः श्रेष्ठ


पोखरा १२, भदौ
कमल पौडेल अथक
नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले लेखकीय स्वतन्त्रता अहिलेको आवस्यकता भएको वताएका छन् । नेपाली लेखक संघ कास्कीद्धारा हिजो पोखरामा आयोजित चितवनका कवि सुरेन्द्र अस्तफलको कविता कृर्ति तेल भिर्सा को परिचर्चा कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् । उनले लेखकीय स्वतन्त्रता नभएमा पाठकहरुमा अन्याय हुने वताए ।
कृतिको परिचर्चा गर्दै डा भूमिराज बस्ताकोटीले लेखकको कृति आउनु मात्र ठूलो कुरा नभएको वताउँदै त्यसभित्र पस्किएका खुराकले विशेष अर्थ राख्ने वताए । उनले पुस्तकमा भएका केही कविता परिमार्जन गर्न आवस्यक रहेको टिप्पणी गरे ।
सो अवसरमा कवि अस्तफलले आफ्ना १० वटा कविता वाचन गरेका थिए । उनले जीवनका भोगाईको संगालो नै कृति भएको वताए ।
संघका अध्यक्ष संञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राध्यापक डा इश्वरमणि अधिकारी, संस्थाका उपाध्यक्ष रीता अधिकारी, सचिव कमल पौडेल अथक लगायतले वोलेका थिए ।