असार २२ गते २०८१

‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन

घुम्न जाउ घुम्न जाउ घुम्न पोखरा
बसियो को बुकिड.ले छैन खतरा ।

अव नेपालमा घुम्न, बिभिन्न कामको लागि नया गन्तब्य वा ब्यस्त पर्यटकिय स्थानमा जान बसियो नामको एप्लीकेशनले निकै सजिलो बनाउदै छ । आफ्नो गन्तब्य जानुअगाडी उक्त स्थानको जानाकारी, बस्ने खाने ब्यवस्था र अग्रिम बुकिड. सहित घुमन्तेहरुको लागि सहजिकरण गर्ने हेतुले नेपालका केही युवा उद्यमीहरु मिलेर बसियो नामको एप शुरु गरेका छन । यो एप मोबाईल वा कम्प्युटरमा सजिलै इस्टल गर्न सकिन्छ भने रकम भुक्तानी गर्न आइ एमई पे, खल्तीे कुनै पनि माध्यम बाट भुक्तानी गर्न सकिन्छ ।

हाल नेपालका बिभिन्न स्थानका २५० होटल, रिर्सोट, एपार्टमेन्ट र होमस्टे जोडिसकेको यो एपमा काठमाण्डौ, पोखरा, चितवन , भैरहवा,बुटवल पहिलो चरणमा जोडिसकेका छन । निकट भविष्यमा देशका अन्य महत्वपूर्ण स्थानहरु समेटने कार्य धमाधम भैरहेको छ । आउदो दशै २०८१ सम्ममा मुस्ताड., लामटाड.,बर्दिया र बिराटनगर जोडन युद्ध स्तरमा कार्य भैरहेको सञ्चालक दीपक पौडेलले बताए ।बसियो एपको बिशेषता भनेको आफ्नै घरमा नै बसेर वा यात्रा क्रममा नै कुनै गन्तब्य स्थानको होटल, रिर्सोट वा होमस्टे अग्रिम बुकिड. गर्न सकिन्छ भने जसबाट उक्त स्थानमा भएका बिभिन्न प्रकारका बासस्थानहरु मध्यबाट आफ्नो इच्छा, क्षमतार रोजाई अनुरुप रोजेर छानेर बस्न रहन सकिन्छ । मुख्यतय अगाडी नै अनलाईन बुकिड. गरेर उपयुक्त स्थान र सहि सुबिधा लिन ढुक्क हुन सकिन्छ ।

यो बसियो एपमा पहिलो त आफुले भ्रमण गर्ने स्थान कुन भुभाग रोज्ने भन्ने रहेकोछ भने उक्त स्थानको कुन होटल, रिर्सोट वा होमस्टे रोज्ने भन्ने दोश्रो रहेको छ । यस्तै तेश्रो कुन कोठा कस्तो सुबिधा रोज्ने भन्ने बिभिन्न रोजाईका प्रकार राखिएकोछ । हरेक साक्षार नेपालीले चलाउन प्रयोग गर्न सक्ने गरि बनाईएको यो एप विशुद्ध नेपाली युवा प्राबिधिक बिज्ञ टोलीले तयार गरेको नेपाली माटो सुहाउदो सशुल्क सुबिधाजनक एप हो ।

यो बसियो एपबाट बासस्थान बुकिड. गर्दा एक मुष्ठ रकम तिर्न सकिने वा पहिले २० प्रतिसत बुकिड. रकम तिरेर बाकि ८० प्रतिशत होटलमा चेक आउट गर्ने बेला तिर्न पनि सकिने दुई किसिमको छनोट रहने छ ।

नेपालका प्रख्यात इन्जिनियरिड. कलेजबाट कम्प्युटर इन्जिनियरिड.विषयका पूर्व तथा बर्तमान बिद्यार्थीहरुको प्रयास र लजिर्कभ टेक्नानोलोजिज प्रा.लि.को डेड वर्षको कडा परिश्रमबाट श्रृजित यो एप नेपाल र बिदेशबाट समेत प्रयोग गर्न सकिन्छ । अर्थात स्वदेश र बिदेशमा बस्ने युवायुवती वा पाहुनाले यो एप सजिलै प्रयोग गरेर आफ्नो घुमाईको गन्तब्यलाई एकिन गर्न सक्दछन । निकट भविष्यमा बिदेशबाट जुनसुकै क्र्ेडीट वा डेबिट कार्डबाट भुक्तानी गर्न सकिने ब्यवस्था हुन लागेको अमेरिकामा रहेर यस योजनालाई सहयोग पुर्याई रहेका अर्का सञ्चालक डा रमेश पौडेलले जानाकारी दिए ।

आखिर यो बसियो एपले कसरी काम गर्छ त ?

कुनै पनि घुमन्ते वा ग्राहकले आफ्नो बसियो एपबाट बुकिड. गरेको रकम होटलवा होमस्टेको बैक खातामा जम्मा गरिदिन्छ । यसको लागि ग्राहकले चेक इन गरेको २४ भित्र कम्पनीले सम्बन्धित होटल वा होमस्टेले आफ्नै खातामा पैसा पाउने रयो सेवा वा प्लाटर्फम बनाईदिए बापत होटल वा वासस्थानलाई प्रदान गर्ने रकमबाट १२ प्रतिसत कम्पनीले सेवाशुल्क लिने गर्दछ । यही सेवा शुल्कमा नै भ्याट तथाअन्य कर समावेश भएको हुन्छ । यसमा सजिलै बुकिङ क्यानसिल वा रिफण्ड समेतसजिलै गर्न सकिने ब्यवस्था छ । फेरी भ्याट बिलको प्रयोग हुनेहुदा राज्यको लागिराजश्वमा पनि टेवा पुग्दछ । यो एप प्रयोग गरेबापत कुनै ग्राहक वा होटलब्यावसायीले थप रकम दिइरहनु प्रदैन । यसबाट घुमन्ते ग्राहकले आफुले रोजेकोखोजेको बासस्थान वा ब्यवस्थापन पाउछ भने ब्यवसायीले अन्जान वा सम्पर्क नरहेकोग्राहक पाउछ । उता नेपाली शिक्षित बिज्ञ युवाहरुले नेपालमा नै बसेर गरेको सेवाक्षेत्रको ब्यावसायबाट रोजगारी पाएका हुन्छन ।

सुरुवातीमा के हुन्छ ?

कुनै होटल, रिसोर्ट, एपार्टमेन्ट वा होमस्टेहरु जो पाहुना राख्न ब्यवस्थापन गर्न सक्षमछन उनीहरुका सञ्चालकले आफ्नो ब्यावसायमा रहेका सुबिधा ब्यवस्थाहरुबारे यसबसियो एपमा आफै वा बसियो एप सञ्चालन प्राबिधिक मार्फत राख्न सक्छन ।यसका लागि बसियो डटकम वा एपको होस्टिड. मोडको सहयोग लिएर ब्यवसायीआफै गर्न पनि सकिन्छ । होटलहरुको प्राथमिकतापूर्वक फिचर गर्न अर्थात सुबिधाछनोट बारे राख्न एप सञ्चालकसग सहकार्य गर्दा सहज हुन्छ वा सम्पर्क राख्नसकिन्छ ।

होटल ब्यवसायलाई यो बसियो एपको माध्यमले स्वयम ब्यवसायीकोअनुमतीले त्यहा रहेको ब्यवस्था अनुसार नै प्रिमियम क्वाइलिटी र इको क्वाइलिटीगरेर २ भागमा बाडेर राखेको हुन्छ भने त्यहा भएका सुबिधा र बिशेषता लेखेर वाफोटो भिडियो मार्फत पनि जानाकारी दिइएको हुन्छ । ब्यवसायिका लागि पाहुनाकोबुकिड.को लेखाजोखा बसियो एपले गरिदिन्छ । सबै आफ्ना होस्ट होटल होमस्टेकोराष्ट्रिय वा अन्तराष्ट्रिय स्तरमा निशुल्क प्रचारप्रसार पनि एप कम्पनीले नै गरिदिन्छ। फेरी ग्राहकले पाउने छुट सुबिधा र मुल्यको घटबढ आफै गर्न सक्छन ।  साथमा यो बसियो एप प्रयोग भए पछीको ग्राहक सन्तुष्ठीका वा कुनै गुनासो पनि राख्नसकिने छ । जसले आगामी दिनमा सेवा सुबिधालाई गुणस्तरिय बनाउन , सेवाबिस्थार र सुधार गर्न मद्धत मिल्नेछ । फेरी अरु प्रयोगकर्ताको लागि मार्गनिर्देशनपनि गराउने छ ।

आखिर को हुन बसियो सञ्चालक ?

पुलचोक इन्जिनियरिड. कलेजमा अध्ययन सकेर आफ्नो उज्जल भविष्य खोज्दैनेपालमा नै आइटी क्षेत्रमा आफ्नो नाम बनाएका कम्प्युटर इन्जिनियर दीपक पौडेलकाठमाण्डौमा बसेर आइटीको काम गर्छन । उनी र उनको श्रीमती बिनिता पोख्रेलउर्जाशिल उद्यमी हुन । उनीहरुले पहिले नै बिभिन्न उद्यम ब्यवासाय सञ्चालन गर्दैआएका छन । बास्तवमा यो दम्पत्तीको मुख्य ध्यय नेपालमा नै बसेर केही गर्नसकिन्छ भन्ने हो ।

अर्का सञ्चालक हुन डा रमेश पौडेल जो नेपालमा कम्प्युटर सफ्टवयर प्रोग्रामिड.मास्नातक गरि अमेरिकाको टेनिसी नेक्निकल युर्निभसिटीबाट कम्प्युटर डाटासफ्टवयरमा आफ्नो स्नातकोत्तर र बिद्याबारिधी समेत सोही युनिभर्सिटी बाट गरेकाहुन । हाल उनी अमेरिकाको टेक्सास राज्यको प्रतिष्ठित आईटी कम्पनीमा डाटासाइन्टिसको रुपमा कार्यरत छन ।   यिनै दुई भाईहरुको सहकार्यमा झण्डै २ वर्ष अगाडी यो आइडियाको उजागर भएकोथियो । जसको फलस्वरुप डेड वर्ष अगाडी लजिकर्भ टेक्नोलोजिज प्रा. लि. नेपालमादर्ता गरि कार्य शुरु भएको हो । हाल अमेरिकामा टेक्नोलोली क्षेत्रमा कार्यरत बिशेषज्ञयुवाहरु र नेपालका केही उद्यमी युवाहरुको संग्लग्नतामा अर्थात ९ जना युवाकोप्रतक्ष लगानीमा यो कम्पनी चलिरहेको छ । यसमा नेपालको आइटी क्षेत्रमा नैअध्ययन गरि सकेका र गरिरहेका युवाहरु नै प्रतक्ष रोजगारी पाईरहेका छन ।

सञ्चालक नेपाल वा नेपालबाहिरका भए पनि सवै नेपाली युवाहरु नै छन रउनीहरुको साझा उदेश्य नै नेपालमा नै नया युग अर्थात समय सापेक्ष नया प्रबिधीमैत्री उद्यम गर्नुपर्छ भन्ने हो । सञ्चालक मध्यका दिपक पौडेल भन्छन यो युगडिजिटलको हो र कम्प्युटर टेक्नोलोजी साधन हो । टेक्नोलोजी समय सापक्ष हुनुपर्छर युवा मैत्री हुनुपर्छ तव मात्र देश बन्छ ।

नेपालमा बिगत ३ दशक देखी नेपालीहरु पनि पदयात्रा वा भ्रमणमा निस्कने क्रम शुरु भएको छ । यस अगाडी धार्मिक पर्यटन , पैसा कमाउन बिदेश यात्रा र आफन्त भेट्न भेटघाट यात्रा मात्र हुन्थे । नेपालमा आएका पर्यटक र विदेश पुगेर आएका नेपालीले नै मनोरञ्जनका लागि भ्रमण गर्नु पर्छ भन्ने सिकाएको धेरै लामो समय भएको छैन । तर पनि हाल नेपालको पर्यटन बिकासमा आन्तिरिक पर्यटकको भूमिका उल्लेखनिय छ ।

पर्यटकिय शहर पोखराको लेकसाईडमा रहेका होटल ब्यवसायहरु कोरोना काल पछी निकै धरापमा परे पनि केही न केही आन्तरिक पर्यटनले बाच्नसक्ने बनाएको थियो । अहिले नेपालका पर्यटकिय क्षेत्र वा ब्यावसायमा नेपालीआन्तरिक पर्यटकको हिस्सा निकै माथी छ । यही तथ्यलाई मध्य नजर गर्दै र डिजिटल प्रबिधीलाई शहरका तारे होटल देखी गाउका होमस्टे सम्म पुर्याउने उदेश्य राखेरयो बसियो एप आफ्नै नेपालीपनमा नेपाली युवाले सञ्चालनमा ल्याएको एप हो । प्रबिधी मैत्री बन्न र आफ्नो उद्यम ब्यवसायलाई ब्यवस्थित एवं ब्यापक बनाउन बसियो एपले मद्धत गर्ने सञ्चालकहरुको मुख्य ध्यय रहेको देखिन्छ ।

एप डाउनलोड गर्ने तरीका: 
प्लेस्टोरबाट डाउनलोड  गर्न यहाँ किल्क गर्नुहाेस ।
एपस्टोरबाट डाउनलोड  गर्न यहाँ किल्क गर्नुहाेस ।