चैत्र २ गते २०७७
दुई ठूला वाणिज्य बैंकहरु हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिने
काठमाडौं, ०२ चैत । नेपालका दुई ठूला वाणिज्य बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने लगभग तय भएको छ । प्रारम्भिक सम्पत्ति तथा दायित्वको मुल्यांकन ‘डीडीए’ रिपोर्टप्रति दुबै बैंकका लगानीकर्ताहरु सकारात्मक देखिएका छन् ।
डीडीए रिपोर्ट आइसकेकाले दुबै बैंकका सञ्चालक समिति सहमत भएमा चाँडै नै एमओयु हुन सक्ने नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए ।
‘हामी डीडीए सकिसकेर एमओयु गर्ने चरणमा पुगेका छौं,’ उनले भने, ‘दुवै बैंकका लागानीकर्ताहरु सहमत भए भने तपाईहरुले चाँडै नै गुड न्युज पाउनुहुनेछ ।’मर्जरमा जाँदा स्वाप रेसियो अर्थात सेयर बाँडफाड अनुपात १ बराबर १ राख्ने कुरामा दुबै बैंक सहमत भएका छन् । अर्थात इन्भेष्टमेन्ट र हिमालय बैंकका लगानीकर्ताले मर्जर पछि पनि साविक बराबरको नै सेयर प्राप्त गर्नेछन् । दुईमध्ये एक बैंकमा कसैको १०० कित्ता सेयर भएमा उसले मर्जरपछि पनि १ सय कित्ता नै सेयर प्राप्त गर्न सक्नेछ । यदि कसैको दुबै बैंकमा १००र१०० कित्ता सेयर भएमा मर्जरपछि उसको २०० कित्ता हुनेछ । यी दुई बैंक गाभिए पछी नेपालको सबैभन्दा ठुलो बैंक बन्नेछ ।