असार २७ गते २०८०
गण्डकी प्रदेश नीति तथा योजना आयोगकोमा समाजशास्त्री अञ्चला चौधरी पोख्रेल
गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्य पदमा पोखराको समाजशास्त्री अञ्चला चौधरी पोख्रेललाई नियुक्त गरेको छ । मंगलबार देखी पद सम्हाल्नु भएको चौधरी त्रिभूवन बिश्व बिद्यालय अन्तरगतको पृथ्वीनारायण क्याम्पसमा बिगत आधा दशक देखी समाजशास्त्र बिषयमा अध्यापन गराउदै आउनुभएको थियो । साथै उहाले पोखरा युनिभसिर्टीमा पनि अध्यापन गर्नु भएको थियो ।
त्रिभूवन बिश्वबिद्यालयबाट सन् २०१२ मा समाजशास्त्र स्नाकोत्तर तहमा गोल्डमेडल प्राप्त गर्नुभएको चौधरी बिगत एक दशक देखी पोखरामा रहेर समाजशास्त्र क्षेत्रकै अध्यापन तथा समाज अनुसन्धानमा योगदान दिदै आउनुभएको छ । उहा समाजशास्त्रमा नै बिद्यावारिधी समेत गर्दैहुनुहुन्छ ।
गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा योजना आयोगमा एक दक्ष, सक्षम र अत्यन्त उर्जावान आयोग सदस्य पाएको छ । साथै उहाको योगदानले समग्र गण्डकी प्रदेश र समाजशास्त्र क्षेत्र समेतको वास्तविक सामाजिक अनुसन्धान एवं समस्या पहिचान हुन सकोस भन्ने कामना पोखराका समाजशास्त्रीहरुले राखेको कुरा समाजशास्त्रमा स्नाकोत्तर गर्दै गरेका राजु थापाले राख्नुभयो ।
Photo by Social Media.