चैत्र १६ गते २०७८

नेपाली लेखक संघको सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा


कमल पौडेल अथक
पोखरा १६, चैत्र
नेपाली लेखक संघको यही चैत्र १८ र १९ गते पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन मूल आयोजक समितिले वुधवार पोखरामा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।
महाधिवेशनमा भाग लिनको लागि देशभरका ५७ जिल्ला शाखाबाट २ सय ८४ जना प्रतिनिधि सहभागी हुने मूल आयोजक समितिका संयोजक डा रत्नमणि नेपालले जानकारी दिएका छन् ।
प्रत्येक जिल्लाबाट एक महिला समित ३ जनाको दरले प्रतिनिधि सहभागी हुने उनले वताए ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने उनले वताएका छन् । आउने प्रतिनिधिहरुको लागि खाना तथा आवासको प्रवन्ध मिलाएको संघका केन्द्रीय महासचिव समेत रहेका नेपालले जानकारी दिए ।
यो महाधिवेशन मात्र नभएर स्रष्टा सम्मान, कृति चर्चा, विद्धत सभा र कवि गोष्ठी समेत रहने उनले वताए ।
सो अधिवेशनको उद्घाटन गर्न नेपाली कांग्रेसका प्रवक्ताद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने लेखक संघले दावी गरेको छ ।
अधिवेशनको अवसरमा बैरागी काइँला, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना र तेजनाथ घिमिरेलाई सम्मान गरिने लेखक संघले जानकारी दिएको छ ।
संघले यस अघिका सवै अधिवेशन काठमाण्डौमा गर्दै आएकोमा यो वर्ष पोखरामा गर्न लागेको हो ।