फागुन २७ गते २०८१

लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण

रमेश तिमल्सिना

फागुन-२७, पोखरा । लिला राईको उपचारको लागि संकलित रकम बिरामीलाई हस्तान्तरण गरिएको छ । देश तथा विदेशमा रहनु हुने ब्यक्तिहरु बाट दश लाख सत्तरी हजार रकम संकलन भएको अभियान्ता कपिन्द्र अधिकारीले जानकारी दिए ।

परिवार र मिडियाको रोहबरमा अभियान्ता अधिकारी, राजु मगर लगायतका उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो । दुबै मृगौला फेल भएकी लिालाको सहयोगार्थ फागुन ११ गते देखि अभियान्ता अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु गरीएको थियो ।

बिरामी संगको कुराकानीमा उनले आर्थिक अबस्थाको कारण उपचार गर्न समस्या भएको बताए पछि अधिकारीले रकम संकलन अभियान चलाएका थिए । १६ दिने अभियान मार्फत उठेको रकम हस्तान्तरण गर्दै उनले यो अभियानमा जोडिएर सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिएका छन् । यस अभियानमा बिशेष सहयोग गर्नु हुने राजु मगर, सुमिस ढकाल, दिल बहादुर खनाल, लोक बहादर ठकुरी, ज्ञान बहादुर खनाल, दिपक दाहाल र आर्यन थापा लाई अभियान्ता अधिकारीले आभार ब्यक्त गरे ।

लिलाको सहयोगार्थ  अधिकारीले आफ्नो नेपाल राष्ट्र बैंकको खातामा जम्मा भएको रकम बिरामीलाई बुझाएको उनले बताए ।

बिरामी राईको अहिले भक्तपुरमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा उनको उपचार भइरहेको छ । लिलालाई उनको श्रीमानले मृगौला दिने तयारी गरे पनि रक्त समुह नमिले पछि अहिले सासु मञ्जु पुडासैनीले मृगौला दिने भएकि छिन ।

उनको अन्तिम स्वास्थ्य परिक्षण चलिरहेको छ । सहयोग रकम पाए संगै अब छिट्टै नै मृगौला प्रत्यारोपण कार्यलाई अगाडी बढाउने उनले जानकारी दिईन् । यो अभियानमा जोडिनुहुने सबै सहयोगी मनहरुलाई बिरामी र परिवारले धन्यबाद दिएका छन् । यो अभियानमा जोडिनुहुने सबै सहयोगी मनहरुलाई बिरामी र परिवारले धन्यबाद दिएका छन् । राईको उपचारमा १५ लाख रुपयाँ खर्च लाग्ने भएकोले सहयोग गर्न चाहाने ब्यक्तिले बिरमीको एनआईसी बैंकको खाता नम्बर २८१५७५१९४२२०९००१ मा क्युआर गरी सहयोग गर्न सक्नुहुनेछ । सहयोगको लागि उनले सबै संग अपिल गरेकी छन् ।