असाेज ४ गते २०८२
सराङकोट सहकारीको अध्यक्षमा बानियाँ
पोखरा ४, भदौ
कमल पौडेल अथक
सरङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले शिबबहादुर बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा राममणी पौडेल, सचिबमा जयराम पौडेल, कोषअध्यक्षमा शिबबहादुर थापा चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा पुष्पलक्ष्मी महर्जन, रीता छेत्री, धुर्बकुमार सुन्चौरी, छबिलाल तिमिल्सिना र आरती श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी लेखा समिति संयोजकमा कुलप्रसाद सुबेदी, मायाकुमारी शर्मा र तारादेबी थापा चयन भएको निर्वाचन समिति संयोजक चिन्तामणि बास्तोलाले जानकारी दिएका छन् । निर्वाचन समिति सदस्यमा इन्द्रकमल मानन्धर र गणेशबहादुर अधिकारी रहेका थिए ।
यसअघि संस्थाको अध्यक्ष, सचिब र कोषअध्यक्षको प्रतिबेदन छलफल सहित पारित भएको छ ।संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा डा कृष्णगोपाल पराजुली, पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, सल्लाहकार शोभियतबहादुर अधिकारी, कमल नयन गौतम, व्यवस्थापक सुरेन्द्र थापा, सदस्य तारा थापा र बिकल पौडेल लगायतले बोलेका थिए । सो अबसरमा गतबर्षको एसईइ परीक्षा उत्तीर्ण गरेका विद्यार्थी, उत्कृष्ट बचतकर्ता, ऋणी, सेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।