जेठ २ गते २०७९

पोखरा अपडेट: गठबन्धनका आचार्यको अग्रता कायमै

पोखरा ,२ जेठ । पोखरा महानगरको पछिल्लो मतगणना सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हालसम्म गरिएको मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यको अग्रता कायम रहेको छ ।
प्राप्त परिणाम अनुसार गठबन्धनका आचार्यले ४६३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४२१९ मत प्राप्त गरेका छन् ।
यस्तै, गठबन्धनबाटै उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले ४५७० मत प्राप्त गर्दा एमालेकी मन्जु गुरुङले ४७१४ मत ल्याएकी छन् ।