असार २३ गते २०७८
कुँवरको निधनमा काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा, २२ असार । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाउनु भएको छ ।
विज्ञप्तिमा कुँवरलाई निष्ठावान र इमान्दार नेताका रुपमा स्मरण गरिएको छ ।
विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाली काँग्रेस कास्की उहाँप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछ भनिएको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
काठमाण्डौंको शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको सोमबार निधन भएको थियो । उहाँको पार्थिव शरीर मङ्गबार बिहान श्रद्वाञ्जलीका लागि काठमाण्डौंको अनामनगरस्थित नेपाल ट्रेड युनियनको केन्द्रीय कार्यालयमा राखिएको थियो ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा मिनेन्द्र रिजाल, गगन थापा र दीपक गिरी लगायतले श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
त्यहाँ काँग्रेसका नेता, ट्रेड युनियनका नेता तथा शुभेच्छुकहरु पनि पुगेर श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो ।
उहाँको निधन लगत्तै कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवक्ता नवीन सिग्देल शिक्षण अस्पताल पुग्नु भएको थियो ।
उहाँको पार्थिव शरीर मङ्गलबार पोखरा ल्याएर शवयात्रापछि पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, गगन थापा, नेता शुक्रराज शर्माले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो ।
नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रहनु भएका नेता कुँवर हाल नेपाल ट्रेड युनियन काँग्रेसको सल्लाहकार हुनुहुन्थ्यो ।
नेपाली काँग्रेस महासमिति सदस्य रहनु भएका नेता कुँवर पछिल्लो पटक स्थानीय तह पोखरा महानगरपालिकाको निर्वाचनमा प्रमुखको प्रत्यासि हुुनुहुन्थ्यो ।