फागुन १२ गते २०८१
पोखराका केही होटलको स्तरिकरण सँगै लोगो वितरण
कमल पौडेल अथक
पोखरा १२, फागुन
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराका केही होटलको अनुगमन गरी स्तरिकरण गरेको छ । होटल संघ हान र रेवानको सहयोगमा ती होटलहरुको अनुगमन गरी स्तरिकरण गरेको हो ।
होटलका प्रतिनिधिलाई अभिभुखिकरण सँगै उनीहरुको आग्रह अनुसार स्तरिकरण गरी लोगो वितरण गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिएका छन् ।
उनले होटलको सरसफाइदेखि खाना पकाउने तेलको गुणस्तरसम्म जाँच गरी स्तरिकरण गर्दा होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा हुने वताए ।
स्तरिकरण गरिएका ९ वटा होटल मध्ये पोखरा ग्राण्ड, मिड पोइन्ट, माउण्ट कैलाश, प्याराडिसो वार, हिमालय ग्लोरी, म्याजेष्टी लेकफ्रन्ट र टेम्पल ट्री स्पाले उत्तम अर्थात् २ तारा पाएका छन् ।
त्यसैगरी ल्याण्डमार्क प्रालि र वाटर फ्रण्ट रिसोर्टले सन्तोष जनक अथात् १ तारा प्राप्त गरेको खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्लेले जानकारी दिएका छन् । उनले होटलका सेफ र मेनेजरलाई होटल किचनका विभिन्न सूचकमा प्रश्न गरी उनीहरुको उत्तर अनुसार मुल्याङकन गरिएको वताए ।
आफ्नो होटलको थप स्तर बृद्धि गर्न आवस्यक ठानेमा होटलले आफूलाई सुधार गरी पुनः निवेदन दिएर फेरि प्रकृयामा जान सक्ने पनि उनले वताएका छन् ।
होटलहरुलाई लोगो र स्टीकर वितरण गर्दै राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले होटलको सरसफाइ सँगै खानाको गुणस्तरीयता नै पर्यटनको परिचय भएको वताए । उनले पर्यटकीय सहर पोखराका होटलहरुको खानाको गुणस्तर राम्रो छ भन्ने सन्देश आजको आवस्यकता भएको वताए ।
होटल संघ हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका होटलहरुको गुणस्तर जाँच गरिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई सहयोग गर्दै जाने वताए ।
वरिष्ट खाद्य अनुन्धान अधिकृत नवराज दाहालको अध्यक्षतामा भएको रेवानका अध्यक्ष विश्वराज पौडेल, प्रथम उपाध्यक्ष बसन्त गौतम, हानका उपाध्यक्ष गणेश पहारी, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल अथक, वडा नं ६ का वडा सदस्य वासुदेव वराल, ल्याण्डमार्क होटलका प्रतिनिधि मिलन श्रेष्ठ लगायतले वोलेका थिए ।