असाेज २६ गते २०७८
आज फुलपाती, कालरात्रीकाे पूजा अर्चना गरी घर घरमा फुलपाती भित्र्याइँदै
पोखरा, २६ असोज । आज फुलपाती सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो।
आज घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ। कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ। दशैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ। काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दशैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ।
गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछन्।
आजकै दिन गोरखा दरबारमा भने साइत हेरी भृकुटी सुसारेहरुले दरबार क्षेत्रमा रहेको जंगलबाट ल्याएका नवपत्रिका अर्थात नौ खालका फुलहरु- जयन्ती, अशोका, वेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिंगार्ने चौतारोमा राख्ने र गोरखा दरबारबाट बाजागाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फुलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्दछन्। फुलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने चलन रहेको छ। त्यसैगरी, आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरुमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ।