चैत्र ६ गते २०७८

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित

५ चैत,पोखरा
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ४९ मत खसेकोमा अध्यक्षका प्रतिस्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछाडी पार्दै बराल निर्बाचित भएका हुन् । बिजयी बरालले २९ मत प्राप्त गरेका थिए भने पराजित अधिकारीले २० मत प्राप्त गरेका थिए ।

अध्यक्ष बाहेक अन्य पदहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्ती मगर चयन भएका छन् । निर्वाचित भएपछि आफुले सबै लाई समेटेर संस्था र पत्रकारको हितमा काम गर्ने कुरा अध्यक्ष बराल ले बताए । प्राय राजनैतिक गुटबन्दि हुने यस्ता संघ संस्थामा इमान्दार पुर्वक लाग्ने सदस्यहरु प्राय पछि पारिने कुरा एक सदस्यले बताए ।