भाद्र २३ गते २०७६

मन्थ्ली गल्फ पुरस्कार बलराम थापालाई

पोखराको हिमालयन गल्फ कोर्षमा जून महिनाको गल्फ प्रतियोगिताको उपाधि बलराम थापाले जितेका छन् । फूल ह्याण्डक्यापको स्टेबल फोर्ड अन्तर्गत प्रतिस्पर्धामा शनिबार पोखराको छिनेडाडाँस्थित गल्फ कोर्षमा थापाले ४ अण्डर ४० को स्कोरसहित ट्रफी उचालेका हुन् ।

२५ जना गल्फरले प्रतिस्पर्धा गरेको खेलमा राजु थकाली उपविजेत ाबने । उनले १अण्डर ३७ को कार्ड बनाए । त्यसैगरी ग्रस तर्फको प्रतिस्पर्धामा भने बसन्त गौचनले २१ स्कोरसहित उपाधि उचाले । लङगेष्ट ड्राईभको पुरस्करा जीवराम गुरुङले थापे । क्लोज टु दि पिनको पुरस्कार भने धर्मराज गुरुङले थापे । प्रतियोगिताका विजेतालाई भारतीय दूताबासका मेजर डा. शिवप्रताप सिंहले पुरस्कार प्रदान गरेका थिए ।