वैशाख २६ गते २०७९

नेपालको इतिहासमा जातिय ब्यवस्था र वर्तमान अवस्था

घन श्याम पौडेल


नेपालमा जात ब्यवस्थाबारे अध्यान गर्दा हामी नेपाली इतिहास र बिश्वको परिवेश वा अवस्था बारे पनि अध्यान गर्नुपर्ने हुन्छ । जात शब्द अर्थात कास्ट अबकतभ रोमन भाषा कास्टा अबकतब बाट आएको हो । समाजमा रहेको बिभिधिकरणकै एक रुप जात हो भने बिभिधिकरण र जातियकरणमा भने फरक छ । बिबिधिकरण तेस्रो रेखा अर्थात होरिजेन्टल लाइनमा हुन्छ जस्मा फरक हुन्छ भेदभाव हुदैन । तर जातिकरण ठाडो रेखा भर्टिकल लाइन हो जसमा तलमाथी हुन्छ सानो ठुलो हुन्छ । नेपाली समाजको उदाहरण भन्दा बाहुन क्षेत्री जनजाती र दलित यो जातिकरण हो यसमा तलमाथी ठुलो सानो भन्ने परम्परागत मान्यता पाइन्छ । यस्तै बिबिधिकरणमा एकै जात भित्रका वा सोही समूहका बिभिन्न थर वा हागालाई मानिन्छ जस्तै क्षेत्रीमा थापा, कुवर, कार्की, केसी, राणा, शाह आदी ।
समाजमा बिबिधता अन्तरगत जात बाहेक वर्ग पनि हुने गर्छ जस्लाई ३ पि अर्थात पावर, प्रेस्टिज एण्ड प्रोपर्टीको आधारमा तल माथी वा ठुलो सानो छुट्टाइन्छ । वर्ग ब्यवस्था खासगरी युरोपियन समाजबाट आएको र जातिय ब्यवस्था भारतिय समाजबाट आएको हो भनिन्छ । जव बृटिस तथा युरोपियनहरुले भारतमा साम्रज्य फैलाउन लागे त्यसबेला भारतिय समाजबारे अनबिज्ञ युरोपियन भारतका केही बिद्धानलाई समेत समावेश गरेर आफ्नो समाजको वर्ग ब्यवस्था समेत जातिय ब्यवस्थामा मिलाई भारतमा नया नियम कानून बनाए जस्ले जातिय दुरी अझ फराकिलो हुनगयो भन्नेहरु पनि छन भने युरोपियन आएसगै जातिय बिभेदिकरण ब्यवस्थाको बिरोध सुरु भएको हो भन्ने हरु पनि छन ।
उन्नाइसौ सताब्दीका बिद्धान तथा बिश्व परिवेशको समाजिक चेतनाका फरक दृष्टीकोणबादी कार्ल मास्र्क र फेडेरिक एड.गेल्सका भनाइमा सामाजिक बिचार, मान्यता, धर्म, नैतिकता आदीको ब्यवस्था र बिकास समाजको भौतिक अवस्था र बिकासका आधारमा हुन्छ, यही दृष्टीकोणलाई भौतिकबाद भनिन्छ । यस्तै फ्रेन्च समाजशास्त्री लुइस ड्युमन्टले आफ्नो पुस्तक होमो हाइरार्कियसमा भन्छन हिन्दु समाजमा जातिय ब्यवस्थाले उचनिच पैदा गरेको र असमानता बिच धेरै भेदभावमा छुत अछुत ब्यवस्था अहिलेको परिवेशमा अमिल्दो छ तर यो जातिय ब्यवस्था एक बिशेष प्रकारको छ जस्ले समाजलाई श्रम बिभाजन हुदै बैचारिक, आर्थिक र सास्कृतिक बिभाजन पनि गरेको छ ।
यहा हामी पहिलो भागमा नेपालको इतिहासमा जातिय ब्यवस्था र वर्तमान अवस्था दोश्रोमा जातिय ब्यवस्थालाई अहिलेको समयमा बिश्व परिवेश र बिश्वब्यापीकरणले पारेका प्रभाव बारे छलफल गर्ने छौ । जातिय ब्यवस्था खासगरी भारतिय हिन्दु सभ्यता र इजिप्टमा अस्तित्वमा आएको ठानिन्छ जस्लाई जात प्रथा पनि भनिन्छ । नेपालको जातिय इतिहासलाई हेर्दा हामी मोटामोटी ४ भागमा बाड्न सकिन्छ ।
१¬) ऐतिहासिक तथा अलिखित ब्यवस्था कालखण्ड (बि सं १९१० अगाडी )
नेपालमा जात ब्यवस्था भारतबाट नै आएको ठानिन्छ । इतिहासकारहरु किरातकालिन नेपालमा जातिय ब्यवस्था थिएन भन्छन । उनीहरुका अनुसार लिच्छिवी कालिन राजाले भारतिय हिन्दु शास्त्रको प्रभावबाट नेपालमा जातिय ब्यवस्थाको शुरुवात गरे भन्ने इतिहासमा पाईन्छ । फेरी बुद्धकालिन समय अर्थात २६ सय वर्ष अगाडी बुद्धले चाण्डाल युवतीको हातको पानी खाएको र आलोचना भएको जातक कथामा पाइन्छ । यसले बुद्धकालिन नेपालमा पनि जातिय ब्यवस्था र बिभेद छुवाछुत रहेछ भन्ने थाहा हुन्छ । अझ राजा जनकको मिथिला राज्यमा पनि जातिय ब्यवस्था थियो भन्ने धर्मशास्त्रहरुमा पाईन्छ । जे होस नेपालमा जातिय ब्यवस्था लिक्ष्वविकालिन राजाहरुले भारतको हिन्दु शास्त्रको प्रभावमा परी ४ वर्ण १८ जात बनाएको भन्ने पाईन्छ । पछी जयस्थिती मल्लले सो ब्यवस्थामा समयानुकुल परिर्वतन गर्न भारतबाट पंडित बोलाई ४ वर्ण ६४ जातमा तत्कालिन समाजलाई बाडेको इतिहासमा देखिन्छ । पृथ्विनारायण शाहले आधुनिक नेपालको निर्माणक्रममा नै ४ वर्ण ३६ जातको फुलबारी भनेको उक्तीहरु पनि इतिहासमा पढ्न पाइन्छ भने बिषे नगर्चीका उपयोगी सुझाव तथा गोरखपुरका मुसलमानलाई हतियार बनाउन तथा लड्नका लागि ल्याइएको र यही बस्ने ब्यवस्था मिलाइएको भन्ने पनि पाइन्छ । नेपालको पुरानो इतिहासकाल खण्डमा जातिय ब्यवस्था लागू भए पनि स्पस्ट लिखित थिएन भने समाजमा धेरै पहिलेबाट चलिआएको थियो भन्ने थाहा हुन्छ ।
२ लिखित कानूनमा जातिय ब्यावस्था (बि सं १९१० को मुलुकी ऐन )
नेपालको जातिय इतिहासमा लिखित रुपमा सरकारी तवरबाट ब्यवस्था भएको जातिय संरचनाको शुरुवात तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुर राणाले बनाउन लगाएको मुलुकी ऐन २०१० हो । यस मुलुकी ऐनमा तत्कालिन समाज, परम्परा, धर्म, सस्कार र चलनचल्तीका आधारमा समाजलाई ५ जातिय आधारमा बाडेको पाइन्छ । यो बिभाजनमा हिन्दु धर्म शास्त्रलाई सहारा लिएको पनि पाइन्छ भने हाम्रो नेपाली समाजिक पन र राणाहरुको आफ्नो स्तरिकरणलाई पनि तल नझार्ने गरी ब्रामण क्षेत्री मिसाएर तागाधारी अर्थात जनै लगाउने जात भनेर राखिएको पाईन्छ । यो पहिलो नंबरको उच्च जात मानिएको छ भने हिन्दु धर्मको बैश्यलाई २ भाग लगाई मासिन्या र नमासिन्या बनाइएको छ । दास बनाउन मिल्ने वा नमिल्ने आधारमा मतवाली भनेर दोश्रो र तेश्रो तहमा राखिएको छ । चौथो र पाचौमा पानी चल्ने र नचल्ने राखिएको छ । पानी नचल्नेलाई छोइछिटो हाल्नु पर्ने अछुतको संज्ञा दिइएको छ । यो अछुत नै सवै भन्दा तल्लो तहको जात मानिएको छ । हालका दलितहरु यो समुहमा पर्दछन । नेपालको १०४ वर्षे राणा शासनभर यसै नियम कानून अनुसार समाज चलेको र दण्ड ब्यवस्था भएको पाइन्छ । अझ २००७ सालको परिर्वतन पछी अर्थात बिसं २०१९ सम्म पनि यसै कानून र सामाजिक नियम अनुसार समाज हिडिरहेको पाईन्छ ।
३ जातिय बिभेद बिरुद्धको पहिलो कदम (बिसं २०२० को मुलुकी ऐन)
राजा महेन्द्रले बिक्रम सम्बत २०२० भाद्र १ गते नेपालमा नया मुलुकी ऐनको घोषणा गरे । जसमा जातिय भेदभाव र छुवाछुत पूर्णरुपमा अन्त्य गरिएको र सो अनुसार भेदभाव गरेको पाइएमा कानूनी कारवाई हुने समेत उल्लेख गरेको कानून जारी भयो । तर त्यसै मुलुकी ऐनको अर्को दफामा परम्परागत चलिआएको रितिरिवाज र सनातन धर्म सस्कृतीको पालना गर्दा भेदभाव हुन गएको खण्डमा त्यो अपराध नठहरिने पनि बताएर कानूनलाई फितलो बनाइयो । तर पनि केही हदसम्म यो भेदभाव बिरुद्धको कानूनले जातिय भेदभावमा केही प्रभाव पार्यो ।
बहुदलिय लोकतन्त्र पछीको जातिय समाज (बिसं २०४७ पछी हालसम्म )
ं हिन्दु धर्मको प्रभाव र बिष्णुका अवतार राजा मानिने सामाजिक संस्कार परिर्वतन हुने काम बिसं २०४६ को आम्दोलनले गर्यो । यस आम्दोलनले नेपालमा बहुदलिय ब्यवस्थाको स्थापना, संबैधानिक राजसंस्था र सामाजिक न्याय प्रणालीमा धेरै परिर्वतन ल्यायो । लगत्तै बनेको नेपाल अधिराज्यको संबिधान २०४७ ले जातिय छुवाछुत र भेदभावलाई धेरै सम्बोधन गर्यो । पछी अर्थात ५ वर्ष पछी २०५२ बाट नेपाल कम्युनिष्ट पार्टी माओबादी जनयुद्धमा होमियो । यस जनयुद्धले पनि हाम्रो समाजमा भैआएको जातिय भेदभाव र छुवाछुतलाई कम गराउन धेरै ठुलो भूमिका खेल्यो । पछी बिसं २०६३ मा नया अन्तरिम संबिधान लागू गरियो यसमा छुवाछुत र जातिय भेदभाव निर्मुल पार्न बिभिन्न हक, अधिकार र दण्ड सजायको ब्वस्था गरियो । त्यसपछी जातिय भेदभाव तथा सजाय कसुर ऐन २०६८ जारि गरियो । त्यही ऐन र अन्तिरम संबिधानको आधारमा नै नेपालको संबिधान २०७२ असोज ३ बाट लागू भएको हो । सब प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दैसबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दैस वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतका अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै ।।। संबिधानको प्रस्तावनामा नै यस्ता बाक्यांस राखेर समाजको बिभेदलाई अन्त्य गर्न प्रयास गरेको पाईन्छ । वर्तमान संबिधानको धारा १७ र १८ मा स्वतान्त्रता र समानताको हक, २४ मा छुवाछुत तथा जातिय भेदभाव बिरुद्धको हक र धारा दलितको हक अन्तरगत समानुपातिक सहभागिताको हक जस्ता प्रावधान राखेर सामाजिक जातिय भेदभाव, राज्यमा सहभागिताको अधिकार र कानूनी उपचार बारे प्रष्ठाएको पाइन्छ ।
बर्तमान सामाजिक परिवेशमा जातिय अवस्थाको वहस
हिजो जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐन १९१० झै एकै अपराधमा जात अनुसार सजायको फरक फरक ब्यवस्था वा जातबाट खसाल्ने वा समाज बहिस्कार गर्ने जस्ता अमानिय कानूनी ब्यवस्था भने अहिले छैन । वर्तमान अवस्थामा नेपालमा राज्य र कानूनी हिसावले असमानता र भेदभाव रहित समाज निमार्ण गरेका पाइन्छ । तर सताब्दीऔ देखी चलिआएको धर्म, सस्कृती, प्रथा, परम्परा र सोही समाजले दिएको शिक्षाका आधारमा समाजमा तथा ब्याक्तिहरुमा पनि सामाजिक बिभेद रहिआएको भने देखिन्छ । खासगरी गाउघर वा शहर देखी पर अझै पनि सामाजिक बिभेद छ र पुरानो जातिय ब्यवस्थाको अवशेष बाकी नै छ । यसै कारण दलितलाई मन्दिर प्रबेशमा रोक, दलित र गैरदलित बिबाहमा अवरोध जस्ता समाचार आज पनि हाम्रा अखवारको मुख्य पानामा पढ्न र समाजमा देख्न पाइन्छ । दलित केटीसग माया गासेकाले मृत्यु हुन पुगेको, काठमाण्डौ जस्तो देशको राजधानी शहरमा कोठा भाडामा खोज्दा जातिय बिभेद सहनु परेको जस्ता समाचारले अझै पनि नेपाली समाजमा भएको चरित्र नाप्न सकिन्छ । पुरानो अवशेष छोइछिटो तथा पानी चल्ने नचल्ने, बिहेवारीमा आफ्नै जाती, परम्परागत सस्कृतीमा पुरानोपन अझै पनि छन । यसकारण देशको राज्य ब्यवस्था वा नियम, कानून र संबिधान परिर्वतन गरेर मात्र हुदैन समाज नै रुपान्तरण हुन आम मान्छेको मानसिकता परिर्वतन हुनुपर्छ अनी ब्यावहारिक शिक्षामा परिर्वतन हुनुपर्छ ।
पहिलेको समाज र ब्यवस्था भन्दा अहिले भएको फरक र भेदभाव रहित समानताको समाज निमार्ण तथा राज्यमा सवैको समान पहुच बनाउन केही मुख्य तत्वहरुले ठुलो भूमिका खेल्ने रहेछ ।
समाज परिर्वतका मुख्य तत्वहरु
१ सामाजिक संघसंस्था र राजनैतिक दलले दिएको सामाजिक चेतना बृद्धि वा सचेतनाको बिकास, २ ब्यक्तिगत आर्थिक बिकास, ३ शैक्षिक बिकास, ४ बिश्वब्यापीकरण, ५ आधुनिकरण, ६ शहरिकरण, ७ बिज्ञान र प्रबिधीको बिकास र प्रयोग ८ पेशा छनोटमा खुल्ला स्वतन्त्रता र प्रसस्त अवसर, ९ बलियो कानून र सजाय ब्यवस्था, १० बसाइसराई, ११ राजनैतिक परिर्वतन, १२ पुजिबादको बिकास, १३ आरक्षण ब्यवस्था, १४ सामाजिक सुरक्षा भत्ता ब्यवस्था, १५ बैदेशिक रोजगारीको प्रभाव, १६ आधुनिक मिडियाको प्रभाव आदी ।
माथीका यि मुख्य तत्वले समाज मात्र नभइ ब्यक्तिको मानसिकता र ब्यवहारलाई पनि परिर्वनत गरिदिन्छ । जस्ले गर्दा हिजोको कठोर र असमानताको समाज आज परिर्वतन भएको छ । हिजोको हाम्रो हिन्दु शास्त्रको प्रभावले बनेको जात ब्यवस्थाको समाजका प्रथा, परम्परा र समग्र सस्कृती समेत आज परिर्वतन भएका छन वा परिर्वतनउन्मुख छन । हिन्दु धर्मग्रन्थको आधारमा बनेको हिजोको समाज परिर्वतन भै अहिलेको आधुनिक नेपाली समाज बिश्वब्यापी बजारले प्रभावित भएको पाइन्छ । जातको आधारमा पेशा गर्ने, छोइछिटो र पानी नचल्ने भनिने हिजोका दमाई जाती अर्थात लुगा सिउने, बाजा बजाउने वा फलामको काम गर्ने वा हलो जोत्ने पुख्र्यौली पेशाका कामी जाती वा दलितका अहिलेका सन्तान उक्त पेशामा धेरै कम छन । अहिलेका युवा शैक्षिक योग्यता बृद्धी गर्ने, बैदेशिक रोजगारीमा जाने, शहर पसेर बिभन्न पेशा ब्यावसाय र काम गर्ने गरेको पाइन्छ । शिक्षित युवा जागिर गर्ने वा शिक्षक हुने पनि देखिन्छ । खासगरी शहर पसेका दलित युवाहरु अहिलेको आधुनिक मिडियामा गायनकला, दोहरी गित तथा अन्य म्युजिक भिडियो जस्ता प्राबिधिक पेशामा प्रसस्त देखिन्छ । लमजुड. दुराडाडाका राजु परियार अहिले नेपालको दोहरी गितका सम्राट बनेका छन भने प्रकास सपुत, डिला बिक, आशा बिसी, पूर्णकला बिसी, शंकर बिसी, कुलेन्द्र बिश्वकर्मा जस्ता राष्ट्रिय स्तरका कलाकारहरुलाई हामी पुरानो दलितलाई हेर्ने दृष्टिकोण भन्दा धेरै माथी पाउछौ । उता राजनैतिक क्षेत्रका मिन बिश्वकर्मा, जगत बिश्वकर्मा, प्रकास परियार जस्ता नेताहरुले नेपाली समग्र समाज हाकीरहेका छन । तर पनि जातिय तथा दलित आम्दोलन र समतामुलक समाजको निर्माणमा स्वार्थगत भूमिकाले केही समस्या पनि देखिन्छ । ति स्वार्थ यस्ता छन । १ भोट र समुह एकताको स्वार्थ , २ लडाई र सत्ता परिर्वतनको स्वार्थ, ३ डलर कमाउने र एनजिओ चलाउने स्वार्थ, ४ दलित वा जातिय नेता बन्ने र कमाई गर्ने स्वार्थ, ५ दलितबादी वा जातीबादी बिद्धान बन्ने स्वार्थ आदी ।

 समग्रमा बिश्लेषण गर्दा वर्तमान समयमा जातिय भेदभाव र अमानतामा परिर्वतन आउनुका मुख्य ३ कारणनै हुन, पहिलो आर्थिक परिर्वतन, दोश्रो सामाजिक परिर्वतन र तेश्रो शैक्षिक परिर्वतन । यिनै कुरालाई पुष्टी गर्न हामी अहिलेको   पेशागत छनोटमा स्वतन्त्रता, पेशामा राम्रो आयआर्जन, श्रम बिभाजनमा जातिय स्वरुपको अर्थात जातिय पेशाको अन्त्य, भूमी स्वामित्वको प्रभावमा कमी, पेशा अनुरुपको सामाजिक भेदभाव र उचनिचताको अन्त्य , ब्रामणबादिय दृष्टीकोणको आलोचना, सामाजिक चेतना र शिक्षा बिकासमा बृद्धी जस्ता आखाले हेर्दा धेरै परिर्वतन भएको पाइन्छ । नेपालमा बहुदलिय ब्यवस्थाको शुरुवात सगै जातिय ब्यवस्थाका प्रथा, परम्परा र सस्कृती अर्थात पुरानो नेपाली समाज अहिले धेरै सुधारात्मक परिर्वतन भएकोे पाइन्छ । उता उपेक्षित वर्ग वा जाती समुदायले पनि पूर्ण सन्तुष्ठीको अवस्था नभए पनि केही रुपमा यो मेरो राज्य हो र मेरो समाज हो, सवै सरह म र मेरो समुदाय पनि समान छ समान छ भन्ने भावनाको बिकास भएको पाइन्छ । 
                                  धन्यबाद ।

ं(लेखक पृथ्वी नारायण क्याम्पस पोखरामा समाजशास्त्र स्नाकोत्तर तहका बिद्यार्थी हुन ।)