जेठ ११ गते २०८३
रहेनन् केशव शरण पौडेल
पोखरा, जेठ
हेमजा निवासी शिक्षासेवी,समाजसेवी एवं राजनीतिक व्यक्तित्व केशवशरण पौडेलको निधन भएको छ । शुक्रबार बिहान मर्निङ वाक जानेक्रममा हेमजा झिर्झिका खण्डमा (बतासे चौतारा) उनलाई हृदयघात भएको थियो । ५८ वर्षीय
पौडेल पत्नी शारदासँगै मर्निङवाक गएका थिए । मर्निङवाककै क्रममा हृदयघात भएका उनलाई तुरुन्तै मनिपाल शिक्षण अस्पताल लगिएको थियो । मनिपाल पुर्याएको केही बेरमै डाक्टर ले मृत घोषण गरेका थिए। उनको एक्कासि निधनपछि सबैजनाले सामाजिक सञ्जालमार्फत पनि दुःख व्यक्त गरेका छन् । हेमजा बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल पौडेल विभिन्न शैक्षिक एवं सामाजिक संघसंस्थामा आबद्ध थिए ।
उनी गौरीशंकर बचत तथा ऋण सहकारीका अध्यक्ष थिए । त्यस्तै उनले एन–प्याब्सन कास्कीको पूर्व उपाध्यक्ष हाल सल्लाहकार, नेकपा९एमाले० कास्की सदस्य सहित सल्लाहकार, रेडियो हेमजाका संस्थापकमध्येका एक, कास्की बचत संघका कोषाध्यक्ष भएर पनि सेवा गरेका थिए । त्यस्तै उनले लायन्स क्लब अफ पोखरा लालीगुराँसका संस्थापक अध्यक्ष लगायतका सामाजिक संघसंस्थामार्फत समाजसेवामा उल्लेख्य योगदान दिएका छन् । उनको शुक्रबार नै हेमजास्थित सेतीनदी घाटमा अन्त्येष्टि भयो ।
जेठा छोरा सन्तोषले दागबत्ती दिए । उनका पत्नी शारदा, २ छोरा सन्तोष र सुशील, २ बुहारी सुरुची र आशिका, २ नातिसहित १३ जनाको परिवार रहेका छ ।