कार्तिक २१ गते २०८१
प्रहरीका २० एसएसपी बढुवाका लागि २ ब्याचबीच प्रतिस्पर्धा
कार्तिक २१, पोखरा ।
नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक (एसएसपी)का अहिले १२ दरबन्दी रिक्त छन् ।
विभिन्न मितिमा अवकाश तथा केही अधिकृतहरु डीआईजीमा बढुवा भएसँगै जनपदतर्फका ५७ एसएसपीको दरबन्दीमध्ये अहिले १२ दरबन्दी रिक्त छन् । यसका साथै प्रहरी नायव महानिरीक्षक (डीआईजी)को समेत ८ दरबन्दी रिक्त छन् । रिक्त डीआईजीको दरबन्दीमा ८ एसएसपीको बढुवा सिफारिस गरेपछि रिक्त एसएसपीको दरबन्दी २० पुग्छ ।
पहिला डीआईजीमा बढुवा गरेपछि एसएसपीको बढुवा गर्ने तयारी भएकाले रिक्त हुने २० एसएसपीका लागि दुई ब्याचीबीच प्रतिस्पर्धा हुने देखिएको । यद्यपी एसएसपी र डीआईजी दुबै राजपत्राकिंत प्रथम श्रेणीको पद भएकाले दुबैको बढुवा समिति समेत एउटै हुन्छ ।
डीआईजी र एसएसपीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।