माघ ९ गते २०७७

आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो : प्रधानमन्त्री ओली

काठमाडौं, ९ माघ ।

सत्तारुढ नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौंमा पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने जानकारी दिए ।

प्रचण्ड(माधव समूहको आजको प्रदर्शनको जवाफ माघ २३ गतेको जनसभाले दिने ओलीले बताए ।उनले भने, ‘आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो । आमसभा कस्तो हुन्छ भन्नेकुरा २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।’