असाेज ५ गते २०८०
अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह
पोखरा, असौज ४ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताएको छ ।
पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचतना कार्यक्रमका श्रोत ब्यक्ति डाक्टर बिकास गौचनका अनुसार यो बिर्सने रोगको तथ्याङ्क नेपालमा बिश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो रोग डरलाग्दो ढंगले बढेको बताए । यण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आंशिक सहयोगमा संचालित उक्त सचेतना कार्यक्रमको आयोजना गण्डकी ज्येष्ठ नागरिक संघले गरेको थियो । अल्जाईमर रोगको परिचय, बढ्न नदिने उपाय र लागि सके पछि गरिने उपचार एवम स्याहार सुसार बारे डाक्टर गौचनले प्रशिक्षण दिएका थिए ।
गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसंग सरोकार राख्ने संघसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयम ज्येष्ठ नागरिकहरु सम्मिलित सचतना कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिका का.बा.महासचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले अल्जाईमर रोगको न्युनिकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नु पर्ने बताएका थिए । महासचिव पराजुलीले संघीय सरकारसंग आफ्नो महासंघले मिलेर काम गरि रहेकोले प्रदेश र स्थानीय तहमा पनि सरकारले मिलेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा ज्येष्ठ नागरिक भएर पनि अहिले सम्म उत्पादनमा जोडिएको र सक्रिय रहे सम्म समाजलाई योगदान दिन पछि नपर्ने कुरा संबिधान सभा सदस्य तथा पुर्व प्रतिनिधि सभासद कृष्ण बहादुर गुरुङ्गले आफ्नो बाँकी समय ज्येष्ठ नागरिकका क्षेत्रमा लगाउने प्रतिबद्धता जनाएका थिए । यसै गरी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकीका अध्यक्ष गुमान सिंह कार्कीले अल्जाईमर दिवसको महत्वबारे प्रकाश पारेका थिए । ज्येष्ठ नागरिक संघ, पोखराका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शोभाकान्त न्यौपाने, रोमा शाक्य लगायतका बिज्ञहरुले अल्जाईमरका बारेमा प्रकाश पारेका थिए ।