असाेज ६ गते २०७६
स्कुल नजानेमा छात्राभन्दा छात्र धेरै
सरकारले आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, यो तहमा अध्ययन गर्ने उमेरका तीन लाख चार हजार चार सय ७६ बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको प्रतिवेदनले जनाएको छ।
अघिल्लो वर्ष सरकारले तामझामका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यालयबाहिरका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्य अभियानले राखेको थियो । तर, अझै लाखौँ बालबालिका विद्यालयबाहिर रहेकाले भर्ना अभियान असफल देखिएको छ।
केन्द्रको ०७५ को तथ्यांकअनुसार आधारभूत तहमा अध्ययन गर्ने पाँचदेखि १२ वर्ष उमेर समूहका छात्राभन्दा बढी छात्र विद्यालयबाहिर छन।केन्द्रको प्रतिवेदनअनुसार विद्यालयबाहिर रहेका तीन लाख चार हजार चार सय ७६ मध्ये एक लाख ४९ हजार आठ सय एक छात्रा र एक लाख ५४ हजार ६ सय ७५ छात्र छन।
प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्यालयबाहिर रहेका छात्राको संख्या धेरै छ । प्रदेश २ मा ३९ हजार चार सय ३४ छात्रा र ३५ हजार ६ सय ९० छात्र विद्यालयबाहिर छन् । कर्णालीमा छात्रा १५ हजार सात सय ७२ र छात्र १५ हजार दुई सय ५३ विद्यालयबाहिर छन् । सुदूरपश्चिममा १८ हजार पाँच सय १९ छात्रा र १६ हजार सात सय १४ छात्र गरी ३५ हजार दुई सय ३३ बालबालिका विद्यालयबाहिर छन।आजको नया पत्रीका बाट।