पौष २१ गते २०७७

विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा

काठमाडौँ, २१ पुष ।

विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमा पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो।

काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।