असार १० गते २०८०
तेस्रो संस्करणको हेमजा हिले महोत्सव तयारी तिब्र
९ असार ,पोखरा
हेमजाको देवीस्थान टोलमा सरसफाइ गोविन्द तिमिल्सिना हेमजा, ९ असार तेस्रो संस्करणको हेमजा हिले महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न। २५ हेमजाको देवीस्थान टोलमा सरसफाई गरिएको छ । तेस्रो संस्करणको महोत्सव नजिकिदै गर्दा हिले महोत्सव आयोजक देवीस्थान सेवा समाजको आयोजनामा हेमजा बोडिङदेखि देवीस्थान ९माइ स्थान ० मन्दिरसम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो । उक्त अवसरमा देवीस्थान सेवा समाजका पदाधिकारीहरु तथा हेमजामा रहेका विभिन्न आमा समुह र देवीस्थान टोल बिकासले सहभागीता जनाएको देवीस्थान सेवा समाजका सचिव जिबन खत्रीले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको सचिव खत्रीले बताउनुभयो ।
देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको आयोजनामा यही असार १५ गते तेस्रो हेमजा हिले महोत्सव हुदैछ । ‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुन लागेको उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता आयोजना गर्न लागिएको हो । कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष हरीशरण पौडेलले जानकारी दिए ।महोत्सवसँगै हेमजा लगायत विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा पनि गरिएको छ।