जेठ ३ गते २०७९

माछापुच्छ्र्र्रे गाउ पालिकामा काग्रेसले पुरानालाई बढार्यो ।

   


कास्की जिल्लाको उत्तरी भेक स्थित माछापुच्छ्रे गाउपालिका यस पालीको स्थायिय चुनावमा नेपाली कांग्रेसले आफ्नो पोल्टोमा पारेको छ ।माछापुच्छ्रे गाउपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका मिन बहादुर गुरुड. र सोही दल कि उपाध्यक्ष उमेदवार सिता अधिकारी बिजयी भएका छन । गुरुड.ले ७ हजार ९९ सय र अधिकारीले ६ हजार ३७६ मत ल्याएका छन भने उनीहरुका प्रमुख प्रतिस्पर्धी एमालेका बिक्रम गुरुड.ले ६ हजार ६१७ मत ल्याए भने उपाध्यक्षमा पनि नेकपा एमाले कै सिता तिवारीले ५९५१ मत ल्याएकी छन । यस अगाडीको स्थानिय निर्वाचनमा यो गाउपालिका एमालेले विजय पाएको थियो । कुल ९ वडा मध्य नेपाली कांग्रेसले १,२,३,४,५,८,९ गरी ७ वडा पनि जितेको छ भने ६ मा एमाले तथा ७ मा नेकपा माओबादी केन्द्र बिजयी भएका छन । अघिल्लो स्थानिय निर्वाचन २०७४ मा यो गाउ पालिकाको ८ वडामा एमाले र १ मा मात्र नेपाली काग्रेसले जितेको थियो ।
कुल २२ हजार १३ जनसंख्या रहेको र ९ वडा , १२ मतदान केन्द्र रहेको यस पालिकामा २० हजार ३१६ मतदाता थिए ।