श्रावण २४ गते २०७८
पुम्दी भुम्दीको नियालेडाँडालाई पनि अब पर्यटकीय गन्तव्य बनाउनु पर्छः मन्त्री बराल
पोखरा, साउन २३
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा २२ को पुम्दी—भुम्दी स्थित नियालेडाँडालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका छन्। कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले हालै निर्माण गरेको सभाहलको शनिबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले पुम्दी भुम्दीको बृहत विकासको लागि अब नियालेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।
उनले भने “ पोखरा २२ को पुम्दी भुम्दीमा विश्व शान्ति स्तुपाः, हालै निर्माण भएको बिशाल महादेवको मुर्ति पर्यटीय गन्तव्यको रुपमा स्थापित भएकाछन, अब कालाबाङ घरेडीलाई पनि पर्यटीय गन्तव्यको रुपमा विकास गर्दै थाप्लेडाँडा (उल्लेरी—ढाँवा) सम्मको लागि बृहत योजनाका साथ विकास गर्नुपर्छ । ” पुम्दी भुम्दीको विकासको लागि छोरेपाटन देखि शान्तिस्तुपा, लुकुन्स्वाँरा, कालाभाङ, काभ्रे, उल्लेखरी ढाँवा हुदै कुभिण्डेसम्मको सडक स्तरोन्नतीको लागि पिच सडक आवश्यक भएको मन्त्रीे बरालले बताए । उक्त सडकको लागि ५५ करोडको डिपिआर समेत भएको उनले जनाए ।
अर्थमन्त्री बरालले जनताको चाहनामा तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक जटिलता र कोरोना महामारीकाबीच विषम परिस्थितिमा आफू मन्त्री बनेको भन्दै उनले भने,‘सके राम्रो गर्छु, नसके तपाईंहरुले भनेजस्तै नराम्रो त कुनैपनि हालतमा गर्दिन ।’ कुनै पनि जाति तथा समुदायको कला संस्कृति र भाषा देशको पुंजि भएकोले त्यसको संरक्षण गर्नु सवैको दाहित्व भएको मन्त्री बरालले जनाए ।
कार्यक्रममा सहभागि वक्ताहरुले अर्थमन्त्री बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका छन्। कालाबाङ घरेडी पोखरा तमु समाजका सल्लाहकार गौप्रसाद गुरुङले गण्डकी प्रदेशलाई नमूना प्रदेश बनाउनेगरी काम गर्न आग्रह गरे । उनले भने,‘हिजो जनयुद्ध गर्दा ज्यानको बाजी थापेर हिंड्नुभयो, अबपनि सके राम्रो गर्नुस्, नत्र नसकेपनि नराम्रो नगर्नुस्, भोलि हामीले पनि नेता होस् त रामजी बरालजस्तो भन्न पाइयोस् ।’
समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङले कालाबाङ घरेडीबासी हिजोजस्तो कार्यकर्ता भएर जुनमा भन्छन् त्यसैमा भोट हाल्न तयार नभएको बताए । उनले भने,अब हामी पार्टी हेरेर भोट हाल्दैनौं,‘हाम्रोलाई होइन राम्रोलाई भोट हाल्छौं ।’ यसअघी २÷२ पटक मन्त्री पाएरपनि कालाबाङसहित पुम्दीभुम्दीमा विकासका कुनैपनि काम नभएको इतिहास खोतले । उनले भने,‘हिजो हामीले सरकार भएको अनुभूति गर्न पाएनौं, यसपटक तपाईंबाट आशा गरेका छौं ।’
आमा समूहकी अध्यक्ष मीनु गुरुङले अर्थमन्त्री बरालबाट पुम्दीभुम्दी मात्र नभई समग्र गण्डकी प्रदेशले आशा गरेको बताइन् । ‘हिजोको तरिकाले आज चल्दैन, अब केहि नया र राम्रो गर्ने अपेक्षा जनताले गरेका छन्’–उनले भनिन् । आमा समूहकी उपाध्यक्ष शर्मिला गुरुङले प्रदेशको विकास गरेर रामजी बरालसँगै समग्र पुम्दीभुम्दीकै नाम आग्रह गरिन् ।
यसैबिच मन्त्री बरालको जन्म दिनको अवसरमा शनिबार नै समाज र आमा समुहले मन्त्री बराल सहित उनकी धर्मपत्नी बुद्धिमाया बराललाई सम्मान तथा बधाई ज्ञापन समेत गरेका छन् । साथै उहाँको जन्मउत्सवको अवसरमा समाजले केक समेत काटेर शुभकामना व्यक्त गरेको सहसचिव उषा गुरुङले बताइन्। १ सय १९ घर परिवार समाजमा आबद्ध रहेका छन भने समाजले करिब १० लाखको लागतमा उक्त सभाहल निर्माण गरेको हो । साथै उक्त अवसरमा संचारकर्मी युग गुरुङलाई समेत सम्मान गरिएको थियो ।