वैशाख २६ गते २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङद्धारा पदवाट राजिनामा


कमल पौडेल अथक
पोखरा २६, वैशाख
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आइतवार साँझ राजिनामा दिएका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष उनले राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भै सकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले वताएका छन् । भोलि संसदमा विश्वासको मत लिने कार्यसूची रहेपनि मुख्यमन्त्री गुरुङले आजै राजिनामा दिएका हुन् । उनले पद जाने भएपछि अघिल्लो दिन राजिनामा दिएको प्रदेश श्रोतले जानकारी दिएको छ ।