भाद्र २२ गते २०८०

बिकासमा केरला मोडलको बहस पोखरामा

बास्तवमा केरला मोडल के हो र साच्चिकै केरला मोडलले कस्तो बिकास गरेको छ भन्ने कौतहलतालाई मेटाउन पृथ्वीनारायण क्याम्पस पोखरा को सोसियोलोजी बिभागको सक्रियतामा केरलाका प्राध्यापक तथा बिज्ञहरुसग प्रतक्ष र अनलाईन मार्फत भेट गराएर जिज्ञासा मेटाउने प्रयास गरेकोमा आदरणि गुरुहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौ ।  राज्य र समाज बिकासमा केरला मोडल भनेर चिनिने पद्धतीबारेमा हामीले दोश्रो सेमेस्टारमा पढेका थियो ।
आज केराला मोडल बिषयमा डा पी पी बालन जो पोखरा आउनुभएको मौका पारेर भएको कार्यक्रममा राजनैतिक ब्यावस्थाका नेतृत्व गर्ने नेताहरुले चाहे भने देश र समाज बन्छ तर पनि समाजका हरेक नागरिकको शिक्षा र सस्कृतीको बिकासले समाज र राज्य धेरै अगाडी जान्छ भन्ने कुरा जानाकारी पाइयो । अनलाईनबाट डा जे बि राजन र डा बिजयाननका कुरा पनि सुनियो । खासगरी भारतकाअरु राज्यको तुलनामा केरलाको बिकास र उन्नती हुनुको प्रमुख कारण नै शिक्षा र सशक्तिकरण हो । त्यो सशक्तिकरण चाहे लैडि.गिक होस वा वर्गिय वा अन्य क्षेत्र त्यसले मानिसमा सकारात्मक भावनाको श्रृजना गर्दछ र बिकास भएको छ । अर्को कुरा केन्द्रबाट वा अन्य ठाउबाट आउने राज्यको लगानी सिधै स्थानिय सरकारले खर्च गर्ने गर्दछ र त्यो अत्यन्त पारदर्शि छ । यहा राज्य सरकारले कुनै इन्टरफेयरेन्स गर्दैन त्यसैले केरला मोडलले बिकास गर्न सकेको हो ।

अर्को महत्वपूर्ण कुरा यहाको शिक्षा पद्धती अझ महिला सशक्तिकरणको सन्र्दभमा केरला अरु राज्य भन्दा धेरै अगाडी छ । पहिले नै ग्राम पञ्चायतका सरपञ्च अर्थात अध्यक्ष भैसकेका बालनको आफ्नो अनुभवमा पनि सेवाका लागि पदमा जानेहरु जनता प्रति झुक्नु र आफु मालिक हैन सधै सेवकको भूमिकामा रहनु पनि केरला मोडलको महत्वपूर्ण बिशेषता हो भनेका थिए । समग्रमा डा कृष्ण राज भण्डारी, डा रामचन्द्र बराल र शिवजी गुरुड.सरहरुको पहलमा पोखराको पृथ्विनारायण क्याम्पसको गण्डकी प्रज्ञा प्रतिष्ठानको हलमा भएको कार्यक्रममा द्धसोसियोलोजी बिभागका सर मेडम तथा स्नातक देखी स्नाकोत्तर तहसम्मको बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।